फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विश्वव्यापी कोरोना महामारीबीच मुलुकको अर्थतन्त्र तथ्यांकीय रूपमा ‘उत्साहप्रद’ देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशन गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो। कोरोनाका कारण पर्यटन आय शून्यप्रायः भए पनि नेपालबाट बाहिरिनेभन्दा भित्रिने पैसा बढी भएपछि राष्ट्रिय ढुकुटीमा विदेशी विनिमयको सञ्चिति अहिलेसम्मकै धेरै भएको छ।
राष्ट्र बैंक र वाणिज्य बैंकसँग भएको विदेशी मुद्रा, राष्ट्र बैंकले विदेशी मुद्रा बजार र सुन तथा एसडीआरमा गरेको लगानीलाई विदेशी विनिमय सञ्चिति भन्ने गरिन्छ। यो पैसा मुलुकले विदेशबाट वस्तु र सेवा आयातका लागि खर्च गर्न सक्छ।
नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा अक्सर संकटको समयमा विदेशी विनिमय सञ्चिति चुलिने गरेको छ। विगतमा भूकम्प र नाकाबन्दीका बेला पनि यस्तो सञ्चितिले १६ महिनासम्मको आयात थेग्ने अवस्था सिर्जना भएको थियो। तर, भूकम्पपछिको पुनर्निर्माण सुरु भएसँगै निर्माण सामग्री, कच्चापदार्थ, मेसिनरी र ऊर्जा आयात बढ्दा तीव्र दरमा सञ्चिति घटेको थियो। त्यसो त, विदेशीले नेपाल घुम्न आउँदा खर्च गर्ने पैसाभन्दा नेपालीले विदेशमा गएर खर्चने रकम बढी भएपछि सरकारलाई त्यस्तो खर्च नियन्त्रण गर्न टाउको दुखाइ भइसकेको थियो।
कोरोना महामारीले नेपालीहरू विदेश घुम्न वा अध्ययन र स्वास्थ्योपचारमा पनि बाहिर जाने खर्च रोकिएपछि राष्ट्रिय ढुकुटीमा विदेशी विनिमयको जगेडा थपिएको हो। अहिले हामीसँग भएको विदेशी विनिमयले १४ महिना ३ दिनको आयात थेग्न सक्छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा कम्तीमा ७ महिनाको आयात थेग्न सक्ने अवस्था बनाइराख्ने बताएको छ।
साउनदेखि असोजसम्मको तथ्यांक विश्लेषण गरिएको उक्त प्रतिवेदनमा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि उल्लेख्य सुधार भएको देखिएको छ। गत वर्ष यही समयको तुलनामा यो वर्ष आयात १२.७ प्रतिशत घट्दा पनि निर्यात भने १४.३ प्रतिशतले बढेको देखिएको छ। अन्तर्राष्ट्रिय व्यापार खुम्चिएको अवस्थामा केन्द्रीय बैंकले निर्यातमा बढोत्तरी भएको आँकडा सार्वजनिक गरेको हो।
रेमिट्यान्स पनि गत वर्षभन्दा १२.६ (अमेरिकी डलरमा ७.६) प्रतिशत बढेको देखिएको छ। परिणामस्वरूप मुलुकको भुक्तानी सन्तुलन १ खर्ब १ अर्ब ९ करोड रुपैयाँ बचतमा रहेको केन्द्रीय बैंकले बताएको छ। यस्ता कारणले विदेशी मुद्राको ढुकुटी बढाउन सहयोग गरेका छन्।
प्रतिवेदनले यो वर्ष मूल्यवृद्धि पनि निकै कम रहेको उल्लेख गरेको छ। औसत मूल्यवृद्धिको दर (मुद्रास्फीति) असोजमा ३.७९ प्रतिशतले मात्र बढेको प्रतिवेदनमा उल्लेख छ। खाद्य पदार्थको मूल्य अलि फराकिलो दरमा बढे पनि गैरखाद्य समूहको मूल्यवृद्धि साढे २ प्रतिशतको हाराहारीमा रहेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, तरकारीको मूल्य २३ प्रतिशतभन्दा धेरै र दालको मूल्य झण्डै १४ प्रतिशत बढेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।
२ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ सरकारी खातामा थुप्य्राउँदा पनि बजारमा लगानीयोग्य पैसाको अभाव भने छैन। समष्टिगत उपभोगमा आएको कमीको लाभस्वरूप वित्तीय प्रणालीमा निक्षेप बढेको छ। लामो समयपछि गत वर्षबाट मात्रै कर्जाभन्दा निक्षेपको वृद्धिदर धेरै हुन थालेको थियो। यही कारण गत वर्ष झण्डै १२ प्रतिशत ब्याज तिर्नुपर्ने ऋणीले अहिले ९.८३ प्रतिशत मात्रै तिरे पुग्ने भएको छ। यस्तो अवस्थामा निक्षेपकर्ताले भने क्षति व्यहोर्नुपर्छ। बैंकमा निक्षेप राख्नेले पोहोरसम्म ६.७५ प्रतिशत ब्याज पाइरहेकामा अहिले ५.४५ प्रतिशत मात्रै पाउने भएका छन्। यद्यपि, यो पनि मूल्यवृद्धिको औसत दरभन्दा बढी नै देखिन्छ।
लगानी बढाउने अवसर
चीनबाहेक धेरैजसो मुलुकले चालु खाता घाटाको सामना गरिरहेका बेला नेपालसामु विकास निर्माणमा खर्च बढाउने नयाँ अवसर प्राप्त भएको यो तथ्यांकले देखाउँछ। ‘हामीले आफूसँग भएको स्रोतको उचित व्यवस्थापन गर्ने हो भने विकास निर्माणको गतिविधि बढाउन यो राम्रो मौका हो,’ नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख एवं प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्।
कोरोनापछिको आर्थिक पुनरोद्धार गर्ने बाटो खोजिरहेका बेला विदेशी विनिमय सञ्चिति बढ्नु र आन्तरिक बजारमा कर्जाको ब्याजदर एकल अंकमा झर्नुले ठूला पूर्वाधारमा लगानी गर्ने सुनौलो मौका दिएको जानकार बताउँछन्। ‘विदेशी मुद्रा धेरै भयो भने पनि अर्थतन्त्रमा बोसो लाग्नेजस्तै हुन्छ,’ अर्थशास्त्री नरबहादुर थापा भन्छन्, ‘यसलाई उचित स्तरमा कायम राखेर खर्च गर्न सक्नुपर्छ।’
थापाले यस्तो पैसा उपभोग बढाउनेमा खर्च नगरी पूर्वाधार निर्माण गर्ने, त्यसमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने काममा खर्च बढाउनुपर्ने बताए। ‘पैसा छँदै छ, खाएरै सिध्याइदिऊँ भन्ने हो भने पैसा त सकिन्छ तर अन्ततः हामी गरिब नै रहन्छौं। यसलाई दीर्घकालीन प्रतिफल आउने ठाउँमा लगानी गर्ने हो भने हाम्रो आर्थिक हैसियत उकास्न अहिले राम्रो अवसर प्राप्त भएको छ,’ उनले थपे। अन्नपूर्ण पोस्टमा विनय बञ्जराले खबर लेखेका छन् ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...