सेनालाई क्षमता वृद्धि गर्न चीनका राष्ट्रपति सीको आदेश

चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार रहन भनेका छन् । 

सीले बुधवार सशस्त्र बलहरूलाई वास्तविक युद्धको परिस्थितिमा प्रशिक्षण बलियो बनाउन र युद्ध जित्ने क्षमता बढाउन आदेश दिएका हुन् । 


Advertisement

सत्तारूढ कम्युनिस्ट पार्टीले जनमुक्ति सेनालाई सन् २०२७ सम्ममा अमेरिकी सेना बराबर क्षमता बनाउने योजना बनाएको छ । 

युद्ध जित्ने स्तरको प्रशिक्षणमा ध्यान केन्द्रित गर्न उनले भनेका छन् । कृत्रिम बौद्धिकता जस्ता अत्याधुनिक प्रविधिमा जोड दिएर युद्धशक्ति बढाउँदै अन्य अग्रणी शक्तिहरूको बराबरीमा आउन उनले जोड दिएका छन् । 


Advertisement

सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका र लामो समय राष्ट्रपतिको पदमा रहने योजना बनाएका सी सेन्ट्रल मिलीटरी कमिसनका पनि अध्यक्ष हुन् । 

समाचार संस्था सिन्ह्वाको रिपोर्टअनुसार, सीएमसीको बैठकमा सीले नयाँ युगमा सेनालाई बलियो बनाउनुका साथै सैन्य रणनीतिमा पार्टीको सोच लागू गर्न पनि जोड दिएका छन् । 

चीनले अहिले भारत, दक्षिण चीन सागर, अमेरिका तथा अन्य कैयौं देशसँग सैन्य टकराव गरिरहेको छ । यस्तो सीको बयान अर्थपूर्ण मानिएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्