लैंगिक हिंसाविरुद्ध एकबद्ध हुनुपर्छ : बीना मगर

खानेपानीमन्त्री बीना मगरले लैंगिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् ।

बुधवार पुनर्वास नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् ।


Advertisement

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताइन् । चुनावका बेला गरेका प्रतिबद्धता अनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन् ।

‘विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन,’ उनले भनिन्, ‘विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।’ सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्