भारतीय विदेश सचिवले काठमाडौं पुगेर नेपाली भाषामै भने – रमाइलो लाग्यो

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले २ दिने भ्रमणका लागि काठमाडौं पुगेर रमाइलो लागेको प्रतिक्रिया दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सचिव शृंगलाले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन आफूले छलफल गर्ने बताए ।


Advertisement

भारतीय विदेश सचिव शृंगलालाई नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

‘नेपालमा आएर मलाई अत्यन्तै खुशी लागेको छ, रमाइलो लाग्यो,’ शृंगलाले भने, ‘म पहिला पनि काठमाडौं आएको छु तर विदेश सचिवको रूपमा पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन् । मेरो आज मिटिङ हुन्छ क्लोज रिलेसनसीप अगाडि बढाउनलाई ।’


Advertisement

उनले नेपालको परराष्ट्र मन्त्रालयका सचिव र मन्त्री प्रदीप ज्ञवालीसँग बिहीवार छलफल हुने जानकारी दिएका छन् । शुक्रवार शृंगलाले गोरखा र मनाङमा भारतीय सहयोगमा बनेका विद्यालय र गुम्बाको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोरखामा भूकम्प प्रभावितका लागि ५० हजार घर बनाउने प्रतिबद्धता गरे अनुसार ४० हजार घर बनिसकेका बताउँदै विदेश सचिव शृंगलाले ३ वटा विद्यालय भवन समेत बनेका जानकारी दिए ।

सुन्नुहोस् भिडियो प्रतिक्रिया

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्