बिहेमा औंठी आदानप्रदान गरेर लगनगाँठो कस्ने गरिन्छ । तर अमेरिकाको न्युयोर्क शहरमा बस्ने क्यासी निस्तातको जोडीले अनौठो तरिकाले लगनगाँठो कसेका छन् ।
क्यासी दम्पतीलाई औंठी लगाउन मन पर्दैन । त्यही भएर दुवैले उपाय निकाले – आईफोनको सीम ट्रे साटासाट गर्ने । यसरी दुवैले आपसी वाचा व्यक्त गर्ने विकल्प निकाले ।
क्यासीले ट्विटरमा यसबारे जानकारी राखेपछि विभिन्न प्रतिक्रिया आएका छन् । कसैले राम्रो विकल्पका रूपमा लिएका छन् भने कसैले मजाक उडाएका छन् । जे भएपनि क्यासी दम्पतीको आइडिया इन्टरनेटमा भाइरल भएको छ ।
क्यासीले २ आईफोनको फोटो शेयर गर्दै लेखेका छन्, ‘म र मेरी पत्नी हामी दुवै वैवाहिक औंठी लगाउँदैनौं । हामी आफ्नो वाचा आईफोन सीम ट्रेलाई आपसमा साटासाट गरेर व्यक्त गर्दछौं ।’
wife and I don’t wear wedding rings, we show our commitment to one another by exchanging sim trays in our iPhones. pic.twitter.com/BqYll2IDSZ
— Casey Neistat (@Casey) November 24, 2020
एजेन्सी