एमसीसी अविलम्ब पास गर्नुपर्छ : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा शुरू भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा महासंघको साधारण सभा शुरू भएको हो । 


Advertisement

साधारण सभामा स्वागत मन्तव्य राख्दै अध्यक्ष भवानी राणाले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन एमसीसी छिटो पारित गर्नुपर्ने बताइन् ।

उनले विद्युतको विकासका लागि एमसीसीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यसलाई अविलम्ब पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् । 


Advertisement

कोभिड १९ को प्रभाव न्यूनिकरणका लागि सरकारले ल्याएको राहत तथा विभिन्न प्याकेजहरूको उनले स्वागत गरिन् । कठिन अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्र अहोरात्र खटिइरहेको उनले बताइन् । 

उनले १३ वर्षभन्दा बढी आफूले महासंघमा काम गरेको बताउँदै ५४ औं वर्षको इतिहासमा आफू पहिलोपटक महिला अध्यक्ष भएको बताउँदै उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् । 

उनले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र चलायमान बनाउन आफूले भूमिका खेलेको बताइन् । 

उनले महासंघको कोभिडको संकटको कारणले चैत २८/२९ गते साधारणसभा आयोजना गर्न नसकेको बताइन् । 

निर्वाचनमा हार जीत स्वभाविक हुने भन्दै उनले संस्थालाई अझै बलियो बनाउन निर्वाचनपछिको परिणामले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । 

उनले वरिष्ठ गोल्छालाई आगामी कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरिन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्