×

NMB BANK
NIC ASIA

महासंघको साधारणसभामा प्रधानमन्त्रीले भने : सरकारसँग गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुस्

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले सरकारसँग गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुपर्ने  बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभालाई बिहीवार सम्बोधन गर्दै उनले सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छेअनुसारको अपेक्षा गर्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


मुलुकको विकासको उन्नती तथा औद्योगिकरणको नेतृत्व गर्दै आएका अनुभवी क्षेत्रको साधारणसभा सार्थक उपलब्धीका साथ सफल हुने उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘यतिबेला हामी एउटा असहज परिस्थितीमा उभिएका छौं, सामना गरिरहेका छौं, नत्र आज धेरै भव्यता, ठूलो सहभागिताका साथ यो साधारण सभाको उद्घाटन सत्र सम्पन्न हुने थियो’, उनले भने, कोभिड १९ का कारणले यसरी बसेका छौं ।’

Vianet communication
Laxmi Bank

उनले आफ्नो सचिवालयमा उद्योगी व्यवसायीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको समेत सुनाए । 

महामारीका कारण अर्थतन्त्रमा परेको दुस्प्रभावलाई कसरी छुटाउने र कसरी माथि उठ्ने, पहिलेकै अवस्थामा कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएको उनले बताए । 

उनले यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रबारे सरकारलाई समेत उपयोगी हुने निस्कर्ष निकाल्ने विश्वास लिए । 

उनले भने,‘हामी साझा समस्या भोगिरहेका छौं र समस्या निराकरण पनि संयुक्त प्रयासबाट नै सम्भव हुन्छ ।’

उनले सरकार र निजी क्षेत्र मिलेर नै समस्यासँग जुध्न सक्ने र पार पाउन सक्ने बताए । 

‘खुसीको जानकारी आइरहेको छ, कोभिड १९ का विरुद्ध खोप विभिन्न मुलुकले पत्ता लगाएका छन्, जसले मानव जातिलाई यसको विरुद्धको लडाइँमा सफलता दिने छ’, उनले भने ।

भ्याक्सिनको आविस्कार मानव जातीका निम्ति ठूलो उपलब्धी भएको र साझा उपलब्धी हुनुपर्नेमा उनले जोड दिए  ।

यसले अर्थतन्त्रमा पारेको असरलाई पराजित गर्दै अर्थतन्त्रलाई फेरि माथि उठाउनुपर्ने भन्दै आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको भन्दै उनले अहिले शून्यको अवस्थामा आएको बताए । 
बचत नहुनेहरूलाई यसले असर पार्ने बताए । 

उनले भने,‘उद्योगीहरुलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन ? उनले थपे, नेपाल सरकार मनको धनी नभएको हैन, गच्छेअनुसार दिने गरेको छ । रिजर्भ तथा बचत नभएका कारण सिमित मात्र सहयोग गर्न सकिने छ ।’ 

उनले अभिभावकको गच्छेअनुसार नै निजी क्षेत्रले अपेक्षा गर्नुपर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x