प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कसैले आफ्ना काचा कार्यकर्तालाई माथि ल्याउन पनि अनेक बोल्ने भन्दै त्यस्तो बोलीमा नपर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभालाई बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताएका छन् ।
बजारमा प्रधानमन्त्रीले दलाल पुँजीवादलाई प्रश्रय दिएको भन्दै उद्योगीलाई त्रसित बनाउने अभिव्यक्ति सुनेर द्विविधा भएको हुन सक्छ । म स्पष्ट पार्न चाहन्छु, सरकार, उद्यमी व्यवसायीहरूमा मेरो र तेरो भन्ने हुँदैन, राष्ट्रका निम्ति योगदान गरिरहका, राष्ट्रका साझा सम्पत्ती हुन् , सबै समान छन् ।’
उनले राज्यले सबैलाई कानून सम्मत ढंगले संरक्षण दिने भन्दै व्यवसायीहरूले कारोबारमा मितव्ययिता अपनाउन् भन्ने मात्र सरकारले चाहने बताए । उनले भने,‘स्वच्छताका साथ अगाडि बढ्न सरकारले सबैलाई प्रेरित गर्छ । मन नपरेकालाई दलाल पुँजीवाद, मन नपरेकालाई नवउदारवाद, आदि कुराहरूले विभिन्न विशेषणहरू भिराएर आतंकित गर्नुपर्ने कुनै आवश्यकता छैन ।’
हामीले हाम्रैलाई सबल बनाउन नसकेका कारण बाह्य लगानी आवश्यक हुने गरेको बताउँदै उनले ठूला ठूला आयोजनामा लगानी गर्न सक्ने गरी विकास गर्न आग्रह गरे ।
उनले पूँजी यहाँ कमाउने र लगानी बाह्य गर्ने काम नगर्ने सुझाए ।
देशप्रति माया गर्न सिक्न उनले सबैको ध्यानाकर्षण गराए । उनले मुलुकमा लगानी गर्न सहज भएको भन्दै बढी मुनाफा लिन सकिने बताए ।
उनले भने, आवश्यक पर्ने सुविधा छुट कानूनबमोजिम दिन सकिन्छ, जे न्यायोचित छ त्यसलाई कानून बदलेर पनि अगाडि बढाउन सकिन्छ ।’
उनले ठूलो परिमाणमा उत्पादन गर्न र निर्यात गर्नु अहिलेको आवश्यकता भएको भन्दै यसमा सरकार सहयोग गर्न तयार रहेको बताए ।
उनले भने, ‘कसैले आफ्ना काँचा कार्यकता ल्याउनका लागि, हुन सक्छ विभिन्न प्रकारका कुराहरू बोल्छन्, यो लोकतान्त्रिक मुलुक हो , यहाँ जिम्मेवारी वहन गर्नुभन्दा स्वतन्त्र हुन बढी बोल्ने गरेका छन्, उनीहरूको बोलीमा नपर्न म आग्रह गर्न चाहन्छु ।’
सरकार आर्थिक विकासका लागि सबैक्षेत्रसँग सहकार्य गर्न तयार भएको उनको भनाइ छ ।’
लोकान्तर संवाददाता