×

NMB BANK
NIC ASIA

बुटवलमा खानेपानी ल्याउन पक्की बाँध निर्माण शुरू, अर्थमन्त्री पौडेलले गरे शिलान्यास

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलको खानेपानी समस्याको दीर्घकालीन समाधानका रूपमा लिइएको झुम्सा खोलामा खानेपानीका लागि व्यवस्थित र आधुनिक बाँध निर्माण शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बुटवल खानेपानी सुधार आयोजनाका रूपमा निर्माण हुने बाँध र इन्टेक ड्यामको नेपाल सरकारका अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले बिहीवार मुहानस्थलमै पुगेर शिलान्यास गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ आयोजना अबको २ वर्षभित्र अर्थात् २०७९ जेठसम्म निर्माण पूरा हुने लक्ष्य लिइएको छ । मुलुककै नमूना आयोजनाका रूपमा लिइएको योजना तोकेको समयमै सम्पन्न नभएपछि र पहिलेको बाँध बाढीले भत्काएपछि अर्थमन्त्री एवं नेकपा महासचिव पौडेलले बिहीवार खानेपानी मन्त्रालयका सचिव, प्राविधिक, निर्माण कम्पनी, दुवै जिल्लाका जनप्रतिनिधि, नागरिक अगुवा समेतलाई मुहानमै लगेर साझा प्रतिबद्धता पनि गराए । 


Advertisment
Nabil box
Kumari

बाँधसँगै मुख्य ट्रान्समिसन पाइप लाइनको पनि निर्माण सम्झौता भएर काम शुरू भएको छ । ५०० र २५० एमएमडीआईका पाइपलाई १३ किलोमिटर ५०० मिटरमा विस्तार गर्ने काम शुरू भएको छ । यो कामलाई पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ । 

Vianet communication
Laxmi Bank

बाँध लगायतका संरचनाको निर्माण लागत ७३ करोड ६४ लाख रुपैयाँ, पानी प्रशोधन प्रणाली, पानी भण्डारण ट्यांकी, वितरण प्रणाली निर्माणका लागि भने ५ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ सहित आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । 

खानेपानी संस्थानका अधिकारी, राजनीतिक दलका विभिन्न तहका नेताहरू, नागरिक अगुवासहित पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने फिरफिरे घाटमा पुगेर अर्थमन्त्री पौडेलले सम्बन्धित निकायका अधिकारीलाई पानीजस्तो संवेदनशील वस्तुका लागि अब कुनै पनि प्रकारका अलमल स्वीकार्य नरहेको भन्दै तोकिएको समयमै काम सक्न निर्देशन दिए ।

बुटवल रामफेदीदेखि करीब १३.५ किलोमिटर टाढा रहेको उक्त स्थानमा इन्टेक निर्माण गरेर पानीलाई २ वटा ठूला पाइपमार्फत बुटवलसम्म ल्याउने योजना छ । यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्टेक निर्माण गर्न लागिएको हो । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।

यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँधस्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ । 

झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलोमिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएको स्थानमा यसअघि नै विशेष टोली लिएर निरीक्षण गरिसकेका नेता पौडेलले कमजोर संरचना र त्यसको क्षतिबारे विस्तृत अनुगमन एवं अध्ययन गरेर काम गर्न निर्देशन दिएपछि प्राविधिकले अहिलेको स्थान छनौट गरेका हुन् । 

पहिलेको स्थानबाट करीब ५०० मिटर पर अब बाँध बन्नेछ । बाढीले बगाएकोभन्दा केही माथिबाट अर्को इन्टेक निर्माणका लागि नेता पौडेलकै पहलमा हालको प्रक्रिया अगाडि बढेको खानेपानी आयोजना बुटवलका कार्यालय प्रमुख मोहनदत्त भट्टले जानकारी दिए । 

विक्रम संवत् २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवलवासीलाई दैनिक ८० लाखदेखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार शुरू भएको खानेपानी आयोजनको मुहानदेखि ३ हजार २७० मिटर पाइप २० इन्च र त्यसपछि ५ किलोमिटर झुम्सा खोला पुलसम्म १० इन्चको पाइप बिच्छ्याइएको छ । यसमा अब नयाँ ढंगले १० इन्चको पाइप पनि मुहानदेखि रामफेदीसम्मै २० इन्चको पाइपसँगै बिछ्याइने छ ।

शुरूमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिइएको थियो । योजनाको बजेट अहिले १ अर्बसम्म पुगेको छ । यो रकम चालू आवमै खर्च गर्न सक्ने गरी विनियोजन समेत भइसकेको छ । बुटवलको मेलम्चीको रूपमा व्याख्या गर्दै आएको खानेपानी आयोजनको लागि नेकपा महासचिव तथा अर्थमन्त्री पौडेलको विशेष सक्रियता छ ।  

बुटवल उपमहानगरपालिका र तिनाउ गाउँका बीचमा समन्वय, सहकार्य र आपसी सम्बन्ध अझ प्रगाढ बनाइने बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । अहिले बुटवलमा ३ करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर आपूर्ति भने २ देखि अढाई करोड लिटरसम्म हुने गरेको छ । हाल पनि दैनिक करीब ६० लाख लिटर पानी अपुग छ ।

तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबवेल (बोरिङ) बाट ८० लाख लिटर गरी खानेपानी आपूति गरिएको संस्थानले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x