×

NMB BANK
NIC ASIA

बाग्मती प्रदेशमा विद्युतीय सवारी सरर...

मंसिर ११, २०७७

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

बाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । 

Muktinath Bank

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश–२०७७ लाई बुधबार स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकाले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ती गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

मन्त्री फुयाँलले विद्युतीय सवारी साधनलाई तत्कालै सञ्चालन गर्ने प्रक्रियालाई सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तहसँग सरकारले समन्वय गरी प्रक्रिया अघि बढाइसकिएको पनि स्पष्ट पारे ।

उनले प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, चितवन मकवानपुरलगायत अन्य शहरमा विद्युतीय सवारी साधन सञ्चालनका लागि चार्जिङ् स्टेशन लाइन विस्तार गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेकोे र छिट्टै ती शहरमा विद्युतीय लाइन विस्तार हुने विश्वास व्यक्त गरे ।

मन्त्री फुयाँलले त्रिभुवन राजपथ एवं नौबिसे मुग्लिन सडकखण्डमा पनि विद्युत् चार्जिङ् स्टेशन निर्माणको लागि विद्युत् प्राधिकरणमार्फत सर्वे भइरहेको र कहाँ, कहाँ स्टेशन राख्न आवश्यक छ तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिए । 

उनले भैँंसे–भीमफेदी एवं भीमफेदी–कुलेखानी विस्तारित सडकखण्डको पनि आज निरीक्षण गरे ।

पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्मार्ग निर्माणको काम छिट्टै प्रारम्भ गर्ने र त्यस क्षेत्रमा पर्ने निजी घर जग्गाको हकमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र सरोकार समितिलाई समेत उनले निर्देशन दिए ।
–––

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x