नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र साधारणसभा रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतको कारण देखाउ आदेशसँगै महासंघको निर्वाचन नरोकिने भएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
भण्डारीको इजलाशको तेस्रो नम्बरमा यो पेशी तोकिएको थियो ।
महासंघको प्रदेश नम्बर २ का अध्यक्ष शिव शंकर शाह महासंघको वर्तमान कार्यसमिति गत चैत्र २९ सम्मका लागि भएको भन्दै यो समितिलाई साधारणसभा गर्ने अधिकार नरहेको दाबीसहित अदालत गएका थिए ।
महासंघको साधारण सभा बिहीवारबाट शुरू भएको छ ।
लोकान्तर संवाददाता