कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान गर्नेहरूको अन्तिम नामावली टुंगो लागेको छ ।
महासंघको निर्वाचन समितिले बिहीवार मतदाताहरूको प्रारम्भिक नामावली टुंगो लगाएको हो ।
महासंघको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।
महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार १ हजार १ सय ५७ जना मतदाहरुको नाम भोटिङ लिस्टमा सूचीकृत भएको छ । जसमध्य जिल्ला र नगर तर्फबाट १०७, वस्तुगत तर्फबाट १०३ , एशोसिएट तर्फबाट ९२३ मतदाताहरु रहेका छन् ।
त्यस्तै, द्विराष्ट्रियबाट १२ र संस्थागत तर्फबाट पनि १२ गरी कुल १,१५७ मत रहनेछन् ।
निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ ।
सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ ।
वस्तुगततर्फको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।
यस्तै प्रधानको प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योतिले प्रतिस्पर्धा गर्दैछन् ।
महासंघमा जिल्ला र नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत भोटिङ अधिकार हुन्छ ।
जिल्ला र नगरमा एक उपाध्यक्षसहित २६ जना, एसोसिएटमा एक उपाध्यक्षसहित १८ जना, वस्तुगतमा एक उपाध्यक्षसहित १४ जना निर्वाचित हुनेछन् । यस्तै महासंघमा जिल्ला र नगरमा १ सय ६, वस्तुगतमा १०१ र एसोसिएटमा ८ सय जना मतदाता छन् ।
महासंघको साधारण सभा बिहीवारबाट शुरू भएको छ । १३ गतेसम्म चल्ने साधारण सभामा शुक्रवार बन्दसत्र र शनिवार निर्वाचन हुँदैछ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...