×

NMB BANK
NIC ASIA

बुटवलमा ई–पेमेन्ट शुरू, अनलाइनबाट राजस्व तिर्न मिल्ने

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको बाटोमा कदम चालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने सुविधा दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपमहानगरपालिका र १९ वटै वडामार्फत् अनलाइन प्रणालीबाट राजस्व संकलन शुरू गरिएको हो । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ ।


Advertisment
Nabil box
Kumari

करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पत्ति मूल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नविकरण लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ । 

Vianet communication
Laxmi Bank

डिजिटल प्रविधिको यो नौलो व्यवस्थाको बिहीवार एक समारोहबीच नेपाल सरकारका अर्थमन्त्री, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले शुभारम्भ गरे । 

पौडेलले डिजिटल सिटीको अभियानमा बुटवलले महत्त्वपूर्ण कदम चालेको बताए । कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरू अझै प्रोत्साहित हुने उनको भनाइ थियो ।  

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै उपमहानगरलाई सेवा केन्द्रका रूपमा विकास गरिएको बताए । 

बुटवलमा काठमाडौं उपत्यकापछि पहिलोपटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) को शुभारम्भ भएको थियो । त्यससँगै यहाँका करीब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जीपीएस र जीआईएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ । 

अहिले शुरू गरिएको ई–पेमेन्ट सिस्टमसँगै बुटवलले डिजिटल प्रविधिमा अर्को फड्को मारेको छ । जनप्रतिनिधि आएपछि बृद्धि हुँदै गएको राजस्व संकलन अनलाइन प्रणालीको प्रयोगसँगै अझै बढ्ने उपमहानगरपालिको विश्वास छ । 

बुटवलमा शीर्षकगत करदाता करीब ८६ हजार  

बुटवलमा सम्पत्ति कर, भूमि कर, व्यवसाय कर र बहाल कर तिर्ने सबै प्रकारका शीर्षकगत करदाताको संख्या करीब ८६ हजार रहेको छ । यी सबै प्रकारका राजस्व बुझाउनुपर्ने सेवाग्राहीहरू अनलाइन प्रणालीको प्रत्यक्ष लाभकर्ता हुनेछन् । यसखालको ई–पेमेन्ट व्यवस्था पालिकामै पहिलो रहेको उपमहानगरले दाबी गरेको छ ।

सम्पत्ति कर र भूमिकर बुझाउने करदाताको संख्या ५९ हजार ५९३, व्यवसाय कर बुझाउनेको संख्या १८ हजार १२६ र बहाल कर बुझाउनेको संख्या ७ हजार ९५६ गरी करीब ८६ हजार शीर्षकगत करदाता रहेका छन् ।

राष्ट्रिय परिचय पत्रको प्रणालीमा ‘इन्टरकनेक्ट’

बुटवलले शुरू गरेको अनलाइन प्रणाली राष्ट्रिय परिचयपत्र निर्माणका लागि समेत उपयोगी हुनेछ । बुटवलको अनलाइन प्रणाली प्रधानमन्त्री कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) मा ‘इन्टरकनेक्ट’ भएको छ । 

राजस्व संकलन बढ्ने विश्वास

कार्यालयमै आएर लाइन लागेर कर तिर्नुपर्दा समेत ३ गुणाले बढेको राजस्व अब अनलाइन प्रणालीबाट झनै बढ्ने बुटवल उपमहानगरपालिकाकी उपप्रमुुख गोमादेवी आचार्यले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x