राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको नेपाल आगमन स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।
विदेश सचिव शृंगला २ दिने भ्रमणका लागि काठमाडौं पुगेकै दिन सामाजिक सञ्जाल फेसबूकमा प्रतिक्रिया जनाउँदै अध्यक्ष थापाले ९ महिना लामो संवादहीनता अन्त्य भएर विदेश सचिवको भ्रमण हुँदा नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने कामना गरेका छन् ।
उनले लेखेका छन्, ‘९ महिना लामो संवादहीनता अन्त्य गर्दै भारतीय विदेश सचिवको नेपाल आगमन स्वागतयोग्य छ। भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयॅा उचाइमा पुर्याउन सकोस्, शुभकामना छ। संवादको शुरुआतलाई क्षणिक फाइदाको लागि होइन, पारस्परिक हित र स्वार्थको सम्वर्द्धन गर्ने दीर्घकालीन अवसरका रूपमा सदुपयोग गरिनुपर्छ।’
लोकान्तर संवाददाता