×

NMB BANK
NIC ASIA

यसपालि हिउँदमा धेरै जाडो नहुने, यस्तो छ वैज्ञानिकहरूको पूर्वानुमान

मंसिर ११, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् ।

Muktinath Bank

जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औंल्याएको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा. इन्दिरा कँडेलले जानकारी दिइन् । सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तामक्रम रहनु हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । अहिले चिसोको अवस्था विश्लेषणका लागि छलफलमा जुटेको मञ्चको टोलीसँग जापान, कोरिया, बेलायत, अमेरिका, थाइल्याण्डका जलवायु विज्ञ तथा वैज्ञानिक सहभागी छन् ।


Advertisment
Nabil box
Kumari

‘यसपालि हिउँदको समयमा हुने मौसम परिवर्तनको अवस्थाबारे भएको प्रारम्भिक विश्लेषणमा धेरैजसो देशले सुख्खा हुने अर्थात तापक्रम औसतभन्दा बढी नै रहने विश्लेषण गरेको छ,’ कँडेलले भनिन्, ‘धेरै देशमा सरदर वर्षा हुन्छ भन्ने देखाएको छ, तापक्रम सरदर औसतभन्दा केही तातो हुनेछ, जापानले भने केही बढी वर्षा देखाइरहेको छ ।’

Vianet communication
Laxmi Bank

उनले सबैको विश्लेषण सकेर दक्षिण एसियाको औसत जलवायुको अवस्था सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिइन् । त्यसपछि जल तथा मौसम विज्ञान विभागले नेपालको अवस्था के हुने भनेर सार्वजनिक गर्नेछ । विगत वर्षसम्म दक्षिण एसियाको विश्लेषणलाई नै आधार लिँदै आएको नेपालको जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट भने आफैंले पनि अवस्था कस्तो रहने भनेर नक्सा तयार पारी सार्वजनिक गर्ने गरेको छ । 

‘पहिला मञ्चले जे तयार पार्दथ्यो हामीले त्यही सार्वजनिक गर्ने गरेका थियौं,’ डा. कँडेलले भनिन्, ‘गत वर्षबाट नेपालले पनि विश्लेषण गरेर सार्वजनिक गर्न थालेको छ, केही दिनमा हामी सार्वजनिक गर्छौं ।’ डा. कँडेलले यो वर्षको जाडोमा पश्चिमी वायु कम आउने देखिएको जानकारी गराइन् ।

मुख्यतः समुन्द्र र वायुमण्डलीय स्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्थामै रहेको थियो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढिसकेको जनाएको छ । चिसो शुरू भएको र दैनिक चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । उनका अनुसार नेपालमा बिहीवार र शुक्रवार उच्च पहाडी/हिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ । शुक्रवार रातिबाट भने केही सुधार आउने छ ।

अहिले पश्चिमी वायुको प्रभाव रहेको र शुक्रवार रातिबाट भने त्यो पनि केही हट्दै जाने भएकाले सुधार हुनेछ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो मौसम बढेकाले त्यसबाट मानवीय क्षति कम गर्न आवश्यक तयारी थालिसकेको बताए । ‘प्राधिकरणले सबै जिल्लामा पत्राचार गरेर चिसोबाट मानवीय क्षति हुन नदिन आवश्यक तयारीमा जुट्न निर्देशन दिइसकेको छ, कार्ययोजनासहित पेश गर्न जिल्ला प्रशासनलाई निर्देशन भएको छ,’ गौतमले भने । गत वर्ष तराईमा शितलहरबाट मानवीय क्षति न्यून भएको जानकारी गराउँदै गौतमले अहिले तयारीलाई अझै चुस्त पार्न लागिएको बताए । जिल्लाबाट चुनौतीको अवस्था र आवश्यक तयारीका कार्ययोजना आएपछि प्राधिकरणले थप रणनीतिका साथ आवश्यक निर्देशन दिने गौतमले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x