तनहुँमा भएको दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका ३ खहरे स्थित पृथ्वी राजमार्ग सडकमा म्याग्दीबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई ठक्कर दिई बस अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा बसमा सवार रहेका १४ जना यात्रु र स्कुटरमा सवार रहेका बच्चा सहित ३ जना गरी १७ जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।
घाइतेहरुको आबुखैरेनी हाड जोर्नी अस्पताल र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
लोकान्तर संवाददाता