नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुल्यो, अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्वाचन रोक्न माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।


Advertisement

गत चैतमा हुने अधिवेशन कोभिडका कारण सरकारले ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण स्थगित भएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्