चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा (केटी– गैँडा) आज मृत्यु फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैँडाले आक्रमण गरेको हुनसक्ने आँकलन गरिएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्