भदौ ५, २०७८
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
क्षितिज पौडेल:
केहि दिन पहिले म पशुपती क्षेत्र पुग्दा मुख्य मन्दिर क्षेत्र सुनसान भए पनि छेउकै घाट क्षेत्र भने पहिले पहिले भन्दा निकै भिडभाड थियो ।
बिगतका दिनमा भन्दा आजकल बढि शवको घुइँचो रहेछ भन्ने घाट क्षेत्रबाट प्रष्ट महशुस गर्न सकिन्थ्यो । शव वाहनको आवाज , मलामीको रोदन ले त्यो क्षेत्रको माहोल धेरै नै भावविव्हल बनाउने खालको थियो । त्यसै बेला मेरो मानसपटलमा दुइटा नाम आएको थियो बिनय जंग बस्नेत र सपना रोक्का मगर ।
फूलले सजिएर स्टेचर वा खटमा आफ्ना हरुबाट अन्तिम बिदाइ लिन पर्खिएका शान्त देहहरु , भारी मन लिएर बिदाइ गर्न बसेका देहका आफन्तजन भन्दा बिपरित कसैले हाम्रो मान्छे हो भनेर नसम्झी,नभनी,नभेटी बेवरिसि बनि अस्पतालमा रहिरहेका गनाउने भएका अन्य प्राणीले आक्रमण गरि बिगारेका देहहरुको व्यबस्तापन मा खटिएका यि दुई ब्यक्तिको बारेमा केही अगाडि हेरेको मिडिया रिपोट मेरो आँखा अगाडी तरोताजा नै थियो ।
त्यति नै बेला मैले सोचेको थिए , मृत्यु पछि आफ्नाले बिर्सदै जाने यो युगमा चिन्दै नचिनेका मृतकलाई खोज्दै र सम्झदै यसरी ब्याख्या नै गर्न नसकिने अलौकिक कार्यमा लगिरहेका उनिहरूको लागी चाहीं सम्झना गरिदिने को होलन भनेर । तर संजोग बस त्यसै साँझ नेपालका प्रायः मिडियामा उनकै नाम देखिए र सुनिए । सपना रोक्का मगर बिबिसीले सन् २०२० मा छानेको विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा परिन ।
अभिभाबक नहुनेको अभिभाबक ,सन्तान नहुनेको सन्तान र आफन्त जन नहुनेको आफन्तजन र बिचलित एक्लो भई एक्लिएकाको मुक्तिकर्ता सपना हाम्रो देशको कुनै निकायले देशका प्रेरणादायी तथा प्रभावशाली महिला छानेको भए सायदै पर्ने थिईन । रोस्टममा बसेर महिला सशक्तिकरण का भाषण नगरेकी उनि घाटमा शवहरुलाई मुक्ति दिदै गरेको अवस्थामा न कसैले देख्ने थिए । हाम्रो भन्दा फरक संस्कृति ,शव ब्यबस्तापन गर्ने राष्ट्र बाट संचालित एउटा अन्तर्राष्ट्रिय मिडियाले उनको नाम लिएपछि मात्र उनि नेपालको मिडिया मा देखाईन बाध्य भईन । जीवन यात्राको पूर्वाध मै निकै हण्डर ठक्कर खादै झन्डै सडकमा पुगेकी उनि सामान्य जीबन परिधिमा रमाई रहेका हामी मानब ले सोच्दै नसोचेको आयामबाट समाजलाई योगदान गर्दै छिन् ।
सनातन संस्कृतिमा दागबत्ती मानब मृत्यु पर्यन्तको स्वतःप्रवर्तित प्रक्रिया हो । अभिभाबक,सन्तान वा आफन्तजन बाट हुने सो प्रक्रियालाई मुक्ति दिलाउने पाटोको रुपमा लिईएको पाईन्छ । आफन्तजनको मलामी जादा दागबत्तीपछि चिता हलुङ्गो हुदै घट्दै जान्छ तर मन झन् गरुङ्गो हुदै जान्छ , बलियो हुनुपर्छ रुनु हुदैन भन्ने हरुकै पनि मनको बाध फुटीरहेको हुन्छ ।
अस्मिन् संसारे बहाव: मानवा: जायन्ते म्रियन्ते च । अर्थात् यस संसारमा जन्मेका सबको मृत्यु हुन्छ । शाश्वत सत्य भन्ने जान्दा जान्दै, अजम्बरी जन्मेको छैन कोहि भन्ने जान्दा जान्दै पनि मृत्यु नफर्कने बाटो वा अन्तिम बिदाई भएको कारणले त्यो सत्यलाई यो मानब जगतले स्वीकार गर्न गाह्रो मान्छ । चिता र शव जल्दै गर्दा त्यहाँ उपस्थित सबैले म पनि मर्छु भन्ने सम्झन्छ मन भित्रका पाप,लोभ र मोह सबै हराओस भन्ने कामना गर्छ तर त्यहाको संस्कार सकेर त्यहाँ बाट हिड्दै गर्दा मान्छे आफैले त्यी चिज आफुले नै आफैंबाट हराउन दिदैन
। एउटा प्रसिद्ध कथामा भनिए झैँ आमा र बच्चा डुब्दै गर्दा आमाले बछालाई त्यति बेला सम्म बचाउछिन् जब सम्म पानी उनको नाक सम्म हुन्छ तर जब पानीले उनको नाक छुन थाल्छ उनि त्यै बच्चामा टेकेर तैरिन खोज्दछिन् । यस कथामा केहि मेरा बिमति रहे पनि मानिस विशेषत आफ्नो मृत्यु बाट भाग्न खोज्छ भन्ने कुरामा चै असहमति जनाउन नै सकिदैन ।
जति भाग्न खोजे पनि आज संसारमा रहेको कोहि पनि कुनै दिन यहाँ हुने छैन भन्ने कुरा अकाट्य सत्य हो । हामी संग समय छ भन्ने भ्रम बोकेर हिडेका हामीलाई अठार वर्षको उमेरमा सपनाले गरेका कार्य निकै महान लाग्नुपर्छ । करिब नब्बे देह लाई मुक्ति तर्फ डोहोराएर उनले के गर्दैछिन त्यो ब्याख्या गर्न त म सक्दिन तर आफ्नो आत्मिक शान्तिको लागि सो यात्रा तय गरेकी सपनाको यो उडानले हामी काम क्रोध मोह मा लत्पतिएका म सहितका आम जीबनलाई आफ्नो उडान बाट पुष्पवृष्टि गर्न सकोस भन्ने कामना व्यक्त गर्छु । उनको उडान ले सबैलाई प्रेरणा प्रदान गरोस । अस्तु :
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...