गोली हानी युवतीको हत्या गर्ने ५ जना पक्राउ, आइतवार सार्वजनिक गर्दै प्रहरी

गत कार्तिक २६ गते राति घरमै आमासँग सुतिरहेकी माधव नारायण नरपालिका–५ लौकाहा टोलकी १८ बर्षीया अमृता कुमारी साहको हत्यामा संलग्न ५ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । 

१५ दिन अघि सुतेको अवस्थामा युवतीको टाउको गोली लागि घटनास्थलमै अमृता कुमारीको मृत्यु भएको थियो । हत्यामा संलग्न ५ जनलाई प्रहरीले शुक्रवार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । 


Advertisement

पक्राउ परेका ५ जनालाई रौतहट प्रहरीले आइतवार सार्वजनिक गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । 

अमृताकुमारीको २०७६ फागुनमा सर्लाहीका रुपेश साहसँग विवाह गरेपछि सम्बन्ध विच्छेद भएको थियो ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्