कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
अर्थशास्त्री जोसेज सुम्पिटरले आफ्नो पुस्तकमार्फत उद्यमशीलताको अवधारणालाई सन् १९३४ मा नै सैद्धान्तिक स्वरूप दिएका छन् । त्यही परिभाषा एक प्रकारले उद्यमशीलताको सनातनी र सर्वस्वीकार्य परिभाषा रहेको छ भन्दा अन्यथा हुँदैन ।
उनले सारमा ५ प्रकारका गतिविधिलाई उद्यमशीलता भनेका छन् । १. उपभोक्ताहरू हालसम्म जानकार नभएका नयाँ वस्तुलाई बजारमा प्रवेश गराउनु । २. उत्पादनको नयाँ तरिका शुरूआत गराउनु वा वस्तुको व्यापार गर्न नयाँ तरिका अपनाउनु । ३. वस्तुको कारोबारका लागि कुनै नयाँ क्षेत्रमा बजार खोल्नु वा बजार अस्तित्वमै नरहेका ठाउँमा बजार निर्माण गर्नु । ४. कच्चा पदार्थ अथवा अर्ध प्रशोधित वस्तुको आपूर्ति स्रोत व्यावसायिक ढंगले नियन्त्रण गर्नु । ५. कुनै उद्योगलाई नयाँ ढंगले व्यवस्थित गर्नु ।
अर्थशास्त्री जोसेज सुम्पिटरले पुस्तकमा लेखेका कुराहरू अर्थशास्त्री डा. अच्युत वाग्लेले नेपालमा उद्यमशीलता विकासका चुनौती भन्ने विचारमा उल्लेख गरेको पाइन्छ ।
अर्थशास्त्री डा. मोहम्मद मुनुसले दि वर्ल्ड अफ थ्री जरोज पुस्तकमा लेखेका छन्, ‘प्रत्येक मानिस जन्मजाति उद्यमी हुन्छन्, कसैले आफ्नो क्षमता देखाउने अवसर पाउँछन् भने कसैले पाउँदैन् ।’ उनले पुस्तकमा लेखका छन्, ‘कतिपय त आफूभित्र त्यो क्षमता छ भन्ने समेत बुझ्न पाउँदैनन् ।’
यसरी दुवै जना अर्थशास्त्रीको पुस्तक अध्ययन गर्दा के हामीले नेपाली माटो सुहाउँदो उद्यमशीलता गर्न सकेका छौं ? के हामीले मौलिकता सहितको उद्यमशीलता गरेका छौं ?
नेपालको विकास नहुनुको कारण उद्यम गर्ने उद्यमीको कमीको कारणले पछाडि परिरहेका छौं । उद्यमी भनेको नेपाली बृहत् शब्दकोशमा उद्यममा लाग्ने वा लागेको, उद्योग गर्ने, उद्योगी, मेहनती, परिश्रमी अथवा आयआर्जनका लागि गरिने काम पेशा व्यवसाय गर्ने मानिस भनेर उल्लेख गरिएको छ ।
उद्यम भनेको तुरुन्त ‘इनपुट’ दिएर ‘आउटपुट’ आउने होइन, विभिन्न माध्यमबाट अनुसन्धान गरेर लगानी लगाएर फाइदा हुन धेरै पर्खनुपर्छ । राम्रोसँग गर्ने हो भने लगानी गरेको छोटो समयमा नै प्रतिफल पाउन सकिन्छ । उद्यम र व्यापार भन्ने कुरा धेरै फरक छ, व्यापार भनेको कुनै पनि वस्तु खरिद गर्नु र खरिद गरेको वस्तुलाई केही नाफा राखेर बेच्नुलाई व्यापार भनिन्छ । उद्यम भनेको विभिन्न किसिमका कच्चा पदार्थ किनेर प्रशोधन गर्ने र त्यसबाट नयाँ ‘पोडक्ट’ बनाएर बजारमा अथवा ग्राहकसँग बेच्ने अवस्थामा पुर्याउनु हो ।
उद्यम गर्ने भनेको ठूलाठूला उद्योग र कलकारखाना मात्र होइन र हामीले जीविकोपार्जनका लागि गरिने व्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन् । उद्यम गर्ने व्यक्तिसँग कुशलता, सिर्जनशीलता, नवप्रवर्तन र जोखिम बहन गर्ने क्षमता हुनुपर्छ ।
सन् २०१९ को अन्त्यबाट शुरू भएको कोभिड–१९ ले विश्वमा बृहआयामिक प्रभाव परेको छ । विश्व अर्थतन्त्र संकुचनमा गएको छ भने जनजीवन अन्त्यतै कष्टकर बनेको छ । कोभिडबाट संक्रमित हुने जीवन गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
विश्वमा कोरोनापछि अर्थतन्त्र असर पुर्याइरहेको अवस्थामा नेपालमा धेरैभन्दा धेरै उद्यम गर्ने मानिसको आवश्यकता छ । देशमा उद्यमको विकास हुने हो भने रोजगारी सिर्जना हुन्छ । प्रत्येक व्यक्तिको आयस्तर बढाउँछ । विभिन्न किसिमका उद्योगहरू सञ्चालन हुँदा उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानीमा पनि वृद्धि हुन्छ । नेपालमा उत्पादन हुने कुराहरूको अन्य देशमा निर्यात बढाउने सम्भावना बढ्छ, आयात घट्छ, राज्यको व्यापार बढ्छ । व्यक्ति–व्यक्तिमा सीप र दक्षताको विकास हुन्छ । मौलिक रैथाने वस्तुको प्रवद्र्धन हुन सक्छ । नयाँ नयाँ खोज अनुसन्धान गरेर विज्ञान र प्रविधिसँग जोडेर पनि देशमा उद्यमको विकास गर्न सकिन्छ ।
उद्यमशीलता नयाँ व्यवसाय सिर्जना गर्ने प्रक्रिया हो । नयाँ किसिमको नयाँ–नयाँ व्यवसायको सिर्जना, मेहनत, व्यवसायलाई आवश्यक समय, जोखिम बहन, उच्च उपलब्धिको चाहना, सिर्जनशीलता तथा नवप्रर्तन र पुरस्कारका रूपमा नाफाको अपेक्षा आदि कुरा उद्यमीका महत्त्वपूर्ण विशेषता हुन् ।
राष्ट्रको विकास आर्थिक विकासमा निर्भर हुन्छ र आर्थिक विकास उद्यमशीलतामा निर्भर रहन्छ । उद्यमशीलताले देशमा बेरोजगारी युवाको सहयोग भएर रोजगारी सिर्जना गर्छ । जलस्रोत, खनिज, प्राकृतिक तथा कृषिउपजको अधिकारमा सहयोग गर्छ । नेपालमा रहेका रैथाने कला, परम्परा, रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद, योग, कृषि, उद्योग आदिको संरक्षण, सम्बद्र्धन, अन्वेषण, अनुसन्धान, विकास र प्रबद्र्धन गरेर पनि देशको विकास गर्नु सकिन्छ । अनुसन्धान (शोध), आविष्कार, नवाचार र नैतिकतालाई नेपाली मानव संसाधनको प्रमुख विशेषताका रूपमा विकास गर्नका लागि सबै एकजुट हुनु आवश्यक छ ।
ज्ञान परम्परा, खेलकुद, संगीत, गायन, नाट्य, चित्रकला, मूर्तिकला, कथानक चलचित्र, वृत्तचित्र, विज्ञान र प्रविधि, अन्य तह, स्वास्थ्य, जलस्रोत, वातावरण, उद्योग, पूर्वाधार तथा मानव विकास आदि क्षेत्रको सर्वाङ्गीण एवं समष्टिकृत विकासका लागि मौलिक पद्धति, विधि एवं योजनासहित कार्य गर्न सक्नुपर्छ । जल, जमिन र जंगलको मौलिक सभ्यतागत एवं स्थितिगत्यात्मक विधिबाट सदुपयोग गर्न पनि सक्नुपर्छ । विश्वका विकसित देशले उद्यमशीलतालाई महत्त्वपूर्ण स्थान दिएका कारण आजको स्थितिमा पुगेका हुन् । उद्यमीको उद्यमशीलता र लगनशीलताले गर्दा नै आज विश्वका धनी राष्ट्रको अर्थतन्त्रमा बृहत्तर विकास सम्भव भएको छ ।
युवाहरू उद्यम गर्न किन मन पराउँदैनन्, नेपालमा उद्यमीको अभाव भएको नै हो ? यो प्रश्न ज्यादै जटिल र अर्थपूर्ण छ । नेपालमा युवा उद्यममा नलाग्नुमा सरकार र समाज दुवै पक्ष उत्तिकै दोषी छ । सरकारले उद्यमीहरू उत्पादन गर्ने किसिमको शिक्षा नीति ल्याउन सकेको छैन र पर्याप्त गृहकार्य पनि गरेको छैन । सरकार पार्टीका झोले कार्यकर्ता प्रयोग गर्न र गराउनेमा मात्र लागिरहेको छ । हाम्रो शिक्षा नीतिले विषयवस्तुको ज्ञान दिन्छ तर त्यो ज्ञानलाई व्यावहारिक किसिमले प्रयोग गरेर स्वतः रोजगारी सिर्जना गर्ने किसिमको सोच, आँट र सीप दिँदैन । यस्ता खालका समस्याहरू धेरै छन् । अब हामी युवाले विरोध गर्नुभन्दा पनि सकारात्मक रूपमा अगाडि बढ्न सक्नुपर्छ । केही पाउन पक्कै पनि केही गुमाउनुपर्छ । युवाहरू अब जाग्नुपर्छ, उठ्नुपर्छ । थोपा–थोपा मिलेर समुन्द्र बने जस्तै आफूले सिकेका र जानेका कुराहरू सानो क्षेत्र भए पनि काम गर्न सक्नुपर्छ ।
अमेरिकी एवं युरोपेली समाजले युवालाई सानै उमेरदेखि उद्यमी हुन उत्प्रेरित गरेको पाइन्छ । सानै उमेरमा उद्यम र उद्यमी बनेका थुप्रै उदाहरणहरू पढेका छौं । स्वीडेनमा रहेर संसारभरि नै फैलिएको संसारकै सर्वाधिक ठूलो खुद्रा फर्निचर भण्डारमा संस्थापक इन्गाभार काम्प्राडले सन् १९४३ मा खुद्रा भण्डारको स्थापना गर्दा उनको उमेर १७ वर्ष मात्रै थियो । माइक्रोसफ्टका संस्थापक बिल गेट्स केवल १५ वर्षको हुँदा उनले सानोतिनो किसिमको व्यापार गर्न आरम्भ गरिसकेका थिए । बिल गेट्सले २३ वर्षको उमेरमा नै माइक्रोसफ्टको प्रमुख भएर पनि लखपति भइसकेका थिए । फरवरी ४, २००४ मा स्थापना भएको फेसबूकका आविष्कारकर्ता मार्क जुकरबर्गको (जन्म १९८४) उमेर अहिले ३६ वर्ष छ । यो अवस्थामा नै उनले नाम र दाम दुवै कमाइसकेका छन् । साथै संसारलाई एउटा नितान्त नौलो प्रविधि दिन सफल पनि भएका छन् ।
लैरी पेज, जसले सर्जी ब्रिनसँग मिलेर गूगलको स्थापना गरेका थिए, उनको उमेर (जन्म १९७३) अहिले ४७ वर्ष छ । जसले प्रविधिले क्षेत्रमा नयाँ–नयाँ स्वाद दिइरहेका छन् । संसारको नै सर्वाधिक ठूलो अनलाइन खुद्रा बिक्री भण्डार अमेजनका संस्थापक जेफ बेजोसको उमेर (जन्म १९६४) अहिले ५६ वर्षको छ । यस्ता धेरै उदाहरणहरू दिन सकिन्छ ।
नेपालका पनि सरकारको तर्फबाट नभए पनि निजी क्षेत्रबाट धेरै युवाहरूले काम शुरू गरेको पाइन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा होस् वा कृषि क्षेत्र लगायतमा अहिले काम शुरू गरिरहेका छन् । ती युवालाई काम गर्ने वातावरण सहज बनाउनुमा नेपाल सरकारले पहल गर्नु आवश्यक छ ।
सरकारले पनि स्टार्टअप गर्नेहरूको लागि पुँजीगत लाभकार नलिने, उद्यमीलाई निश्चित अवधिसम्म कर छुट दिने कार्यक्रमहरू गर्नुपर्छ । इन्क्युबेशन सेन्टर सञ्चालन गरेर पनि उद्यमशीलतालाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।
अब उद्यम गर्नेहरूसँग उद्यमशील, ज्ञान, सीप र सकारात्मक सोचहरू आवश्यक छ । उद्यम गर्ने युवामा धैर्यता र लगनशीलता पनि हुनुपर्छ । सानातिना कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न सक्नुपर्छ । निराश नभएर आफूले सोचेका कामहरू सार्थक बनाउन मेहनत र निरन्तरता दिन सक्नुपर्छ । नेपालको मौलिकतामा आधारित, ज्ञान र परम्परामा आधारित भएर उद्यमशीलता र विकास गर्नु आवश्यक छ ।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी भन्नुहुन्छ – विकास भनेको प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरण मैत्री, पारिस्थितिक प्रणाली सापेक्ष विकासको पक्षमा विकास हुनुपर्छ । डा. अधिकारी थप लेख्नुहुन्छ – विकास के हो, कस्तो हो, कसरी गर्ने हो र कसका लागि हो भन्ने कुरा देश, काल, परिस्थिति, सिद्धान्त, वाद, मताग्रह आदिसँग सम्बद्ध जटिल अवधारणामा आधारित छ । तसर्थ नेपालको वा कुनै अन्य देशको परिप्रेक्ष्यमा विकास गर्न, विकास गर्ने भनेर मात्र पुग्दैन । विकास स्थितिगत्यात्मक परिघटना हो । हामीले नेपालको परिप्रेक्ष्यमा विकासको चिन्तन पर्याप्त गर्नुपर्छ, तब मात्र विकास गर्ने हाम्रा आकांक्षाले स्पष्ट मार्गचित्र पाउनेछन् । के कस्ता योजना, परियोजना, भौतिक संरचना, लगानी नेपालको परिप्रेक्ष्यमा उपयुक्त, सान्दर्भिक, व्यावहारिक हुन् भन्ने राम्ररी सोच विचारै नगरी पराइ प्रतिमानमा आधारित विकासे संकथनका होहोरिमा मच्चिने प्रवृत्ति अहिले हाबी देखिएको छ । नेपाल–केन्द्रित अनुसन्धान नगरी पराई प्रतिमानका मात्र आधारमा लागू गरिने विकासे परियोजनाका घातक असरहरू के–के हुन सक्छन् भन्ने सोची, विचारी, परीक्षण गरी तब मात्र निष्कर्षमा पुग्नुपर्छ । नेपालको धरातलीय यथार्थसँग मिल्दा योजना, परियोजना, भौतिक संरचना, लगानी मात्र हाम्रो लागि वाञ्छनीय हो ।
उहाँ भन्नुहुन्छ – निकै ठूला आकारका (दैत्याकार राक्षसाकार) अति धेरै लगानी चाहिने, ठूलो परिमाणमा विस्थापन र डुबान समस्या हुने, नदीको हजारौं–हजार वर्षदेखिको प्राकृतिक प्रस्वण प्रणालीलाई ध्वस्त पार्ने, अमानवीय (दानवीय, प्रकृति–भञ्छक, सृष्टि–द्वेषी) परियोजना नेपालको धरातलीय यथार्थ, नेपालीजनको हित, हाम्रो वास्तविक सुखको प्रतिकूल (विरुद्ध) हो । मानव संसाधनको विकासलाई नेपालको विकास प्राथमिकतामा राख्नुपर्छ । आधारभूत संरचनात्मक विकास पनि साथसाथै अघि बढाउनुपर्छ । मानव संसाधनको विकासमा शिक्षा, सीप, अनुसन्धान, आविष्कार, नवाचार र नैतिकता हाम्रा प्राथमिकता हुन् । प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरण एंव पारिस्थितिक प्रणाली सापेक्ष विकासको पक्षमा छौं हामी ।
व्यक्तिगत, साझेदारी, सहकारी तथा सामूहिक प्रयासबाट उद्यमशीलता वा व्यवसायको विकास गर्न सकिन्छ । स्थानीयस्तरमा उपलव्ध, श्रम, साधन स्रोत, पुँजी तथा प्रविधिको उपयोगको साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न सकिन्छ । पर्यावरणीयसहित उद्यमशीलता पनि अबको आवश्यकता हो । मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी भएर अबका युवाले उद्यमशीलतामा लाग्नुपर्छ । अघि बढौं यो युग हाम्रो हो ।
(लेखक प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष हुन् ।)
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...