स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १३ सय ८० मा कोरोना संक्रमित देखिएको जनाएको छ ।
शनिवार एक सूचना जारी गर्दै मन्त्रालयले १३ सय ८० मा संक्रमण देखिएको र ५ सय १५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जनाएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ रहेको छ ।
हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।
कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या अहिलेसम्म १४ सय ५४ पुगेको छ ।
लोकान्तर संवाददाता