×

NMB BANK
NIC ASIA

ओलीले भने–मेरा निम्ति सबै कमरेडहरु बराबर हुनुहुन्छ

मंसिर १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, “मेरा  निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ ।”

Muktinath Bank

उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहजावस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनुपर्नेमा  जोड दिए । उनले आफूले  विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र अध्यक्ष ओलीले आज पेश गरेको प्रस्तावमाथि छलफल गर्न यही मंङ्सिर १६ गते सचिवालय बैठक डाकिएको छ । नेकपाका केही नेताहरुले दुवै प्रस्ताव मिलाई एकल प्रस्ताव बनाउनुपर्ने माग पनि गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर मात्र अवकाश लिने आफ्नो इच्छा रहेको प्रस्तावमा उल्लेख गर्दै अब नयाँ पुस्तालाई पार्टी जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गर्न सबै सचिवालय सदस्यलाई आग्रह पनि गरे ।

Vianet communication
Laxmi Bank

 अध्यक्ष ओलीले एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका कमिटीलाई महाधिवेशन÷अधिवेशन आयोजना गर्ने मुख्य काममा लगाउनुपर्नै बताउँदै भने, “तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।”

“विगत साढे दुई वर्षमा हाम्रा सम्पूर्ण प्रयास सामाजिक– आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्ने दिशामा अभिमुख छन् । हामीले सामाजिक न्यायसहितको विकास र समृद्धिलाई आधारभूत मान्यता बनाएका छौँ,” उनले बैठकमा भने, “सामाजिक न्यायविनाको आर्थिक वृद्धिले मुठ्ठीभर सम्भ्रान्तहरुलाई मात्रै लाभान्वित गर्छ, तर आर्थिक वृद्धिविनाको वितरण मुलुकलाई झनै बढी आश्रित र खोक्रो बनाउने कुराको कारक बन्छ । तसर्थ यी दुईबीचको समुचित सन्तुलनमा जोड दिइएको छ । ”

उनले राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्र, संस्कृति र समग्रमा समाजमा श्रमजीवी वर्गको वर्चस्व स्थापित गर्दै सामन्तवादका अवशेष उन्मूलन गर्दै लैजाने बताउँदै भने, “राष्ट्रिय पूँजीको विकास गर्दै जान्छौँ । मुलुकलाई सापेक्ष आत्मनिर्भरताको दिशामा अगाडि बढाउँछौंँ । तीव्र आर्थिक वृद्धि र न्यायोचित वितरणबीच सन्तुलन मिलाउँदै लोककल्याणकारी, सामाजिक न्याययुक्त र समाजवाद–उन्मुख आर्थिक सामाजिक प्रबन्ध बलियो बनाउँर्छौँ । हामी स्पष्ट छौँ– आज हामीले स्थापना गर्ने आर्थिक सामाजिक व्यवस्था समाजवाद–उन्मुख हो, समाजवादी होइन । त्यसैले समाजवाद–उन्मुख समाज व्यवस्थामा आजै समाजवादका लाभहरु खोज्नु सम्भव र उचित हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x