×

NMB BANK
NIC ASIA

काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबिच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका बिच दुई नगरका प्रमुखले शनिबार साँझ हस्ताक्षर आदान–प्रदान गरी भगिनी सम्वन्ध स्थापना भएको घोषणा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरी दुई नगरहरुका बिच भगिनी सम्वन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्वन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गतको रामग्राम नगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गरेसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि रु. १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ । 

Vianet communication
Laxmi Bank

उक्त घोषणको सम्झौतामा पनि दुबै नगरका प्रमुखले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार निर्माण भएको ऐतिहासिक तथा पर्यटकीय कोलीय शान्ति उद्यानको प्रवेशद्वारमा र अन्यत्र उपयुक्त स्थानमा ‘काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत निर्मित उद्यान’ उल्लेख गर्नुपर्नेछ ।  

हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बौद्ध दर्शका दृष्टिले काठमाडौं र रामग्रामका बिच गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराए । उनले काठमाडौं पनि दक्षिण र उत्तर कोलियोग्राम रहेको भन्दै यहाँको कोलियग्रामका बिचमा विगतमा केही सम्बन्ध हुन सक्छन् भने ।

 ‘ती सम्बन्धको हामी अध्ययन गर्ने चरणमा छौं, दुई नगरबिच अहिले होइन बर्षौ पुरानो सम्बन्ध हुन सक्छ,’ उनले भने,’ ‘असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले यो भगिनी सम्वन्ध स्थापना गरेका हौँ ।’ 

शाक्यले दुई नगरका सांगठनिक स्वरुप, संस्थागत संरचना र शासकीय भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धिहरु आदान प्रदान गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । ‘मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्नेछौं,’ शाक्यले भने, ‘प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामूखि क्रियाकलाप संचालन गर्न साझेदारी गर्नेछौं ।’ 

उनले शिक्षा, स्वास्थ्य, सहकारी तथा स्थानीय रोजगारीका क्षेत्रहरुमा हासिल गरेका उपलब्धी, सफल तथा असल अभ्यासहरुबारे एकापसमा अनुभव साटासाट गर्ने तथा सहकार्यमा नविन सोंच, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने कुरामा पनि थप टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । ‘दुवै नगरलाई मानवीयताको नगर बनाउनेछौं । सडक सहयोगापेक्षी, असहाय, अशक्त, अनाथ मानव व्यवस्थापन गर्न नगरस्तरीय प्रयत्नहरु ठोस र प्रभावकारी हुनेछन्,’ उनले भने, ‘जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको समुचित तथा मर्यादित व्यवस्थापन गर्नेछौं । सामाजिक सुरक्षा र गरिबी निवारणका क्षेत्रमा सहकार्य गरी उच्च स्तरको मानवीय नगरका रुपमा सहकार्य गर्नेछौं ।’

काठमाडौँ महानगरपालिकाले यस अघि पनि अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विश्वका विभिन्न १७ वटा नगरसँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ भने नेपालको जुम्लामा रहेको चन्दननाथ नगरपालिकासँग पनि यस अघि नै भगिनी सम्वन्ध स्थापना गरेको छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै रामग्रामका प्रमुख गुप्ताले विदेशी सहरसँगभन्दा आफ्नै देशका सहरसँगका सम्भावना र चुनौती दुवै मिल्दा हुने भएकोले विदेशी नगरसँगभन्दा देशभित्रकै नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने विचार व्यक्त गरे । उनले काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे । 

कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ‘दुई नगरबीच धार्मिक र सांस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गरे ।’ रामग्राम नगरकी उपप्रमुख रम्भा कुँवरले, दुई नगरबीचको आत्मीय सम्बन्धबाट नगरको समृद्धिमा हौसला मिलेको प्रतिक्रिया दिइन् । कार्यक्रममा काठमाडौं महानगरकका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहभागी थिए । 

भगिनी सम्वन्ध स्थापित गर्नु अघि दुबै नगरका पदाधिकारीसहितको टोलीले रामग्रामको वडा–१८ गौत्तम वुद्धको मामाघर रहेको प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुर, वडा ७ मा रहेको रामग्राम स्तुप, त्रिवेणी धाम र गजेन्द्रमोक्ष धामलगायत स्मारक, धार्मिक र सांस्कृतिक स्थलहरुको भ्रमण अवलोकन गरेको थियो । 

रामग्रामका मेयर गुप्ताकाअनुसार पण्डितपुरको उत्खनन गर्दा बुद्धकालीन भाँडाकुँडा, लोहोटालगायत घरायसी सामाग्री भेटिएको र ती सामाग्री लुम्बिनीको संग्रहालयमा लगिएको जानकारी दिए ।

त्यसैगरी रामग्राम स्तुपमा रहेको बुद्धको अस्तु अहिलेसम्म ननिकालिएको अस्तु हो । ‘गौतम वुद्धको मृत्युपछि अस्तुलाई ८ भागमा बाँडेर बिभिन्न क्षेत्रमा राखिएको थियो । तीमध्ये ७ ठाउँका अस्तु निकालेर अन्यत्र बाँडिएका छन् । तर रामग्रामको अस्तु अहिलेसम्म निकालिएको छैन,’ उपमेयर कुँवरले भने । किंवदन्तीअनुसार अशोक सम्राटले अस्तु निकालेर अन्यत्र बाँड्न खोजेका थिए । तर नाग र सेतो हात्तीले घेरेर राखेको देखेपछि उनले अस्तु निकाल्ने सोच त्यागी दिए । त्यसपछि अरु कर्सैले आँट नै गरेनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x