कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार ढाल्न भित्रभित्रै खेल खेल्ने गरेको आरोप लगाएका छन् । विरोधी भन्दा चर्को गरी सरकारको विरोधमा उभिएको पनि ओलीको गुनासो छ ।
पार्टीको सचिवालय बैठकमा शनिवार पेश गरेको प्रस्तावमा अध्यक्ष ओलीले प्रचण्डलाई सरकार ढाल्न भित्र भित्र खेल खेलेको आरोप लगाएका हुन । सरकार ढाल्न पार्टी भित्रबाटै चलखेल भएको ओलीले बताउँदै आएका थिए । तर दस्तावेजमा ओलीले किटान साथ सरकार ढाल्न भित्र भित्रै खेल्ने गरेको आरोप लगाएका हुन ।
‘आज फेरि तपाईँ दुईवटा डुङ्गामा खुट्टा राखेर उभिनु भएको छ– सरकारको नेतृत्व गरिरहेको पार्टीको अध्यक्ष हुनुहुन्छ, तर यसको स्वामित्व लिनु हुन्न । विरोधी भन्दा चर्को गरी सरकारको विरोधमा उभिनुहुन्छ, सरकार ढाल्न भित्रभित्रै खेल खेल्नुहुन्छ’ ओलीले भनेका छन् ।
सरकार ढाल्न लागेको आरोप बारे प्रचण्डले १६ गते बस्ने बैठकमा जवाफ दिने उनी निकट स्रोतले जानकारी दियो । शनिवारको बैठकमा प्रचण्डले ओलीको प्रतिवेदनमा दम्भ भरिएको प्रतिक्रिया जनाएका थिए ।
ओलीले प्रचण्डलाई अस्तिरताबादीको आरोप लगाएका छन् । ओलीले प्रचण्डलाई पार्टी एकता भन्दा पहिलेको कुरालाई लिएर लाञ्छना लगाएको भन्दै पूर्व माओवादी खेमाका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
‘कुनै बेला स्वयं प्रधानमन्त्री हुँदा ‘म प्रधानमन्त्री हुँ कि विद्रोही नेता हुँ, अलमलमा छु’ भनेर अभिव्यक्ति दिनु हुन्थ्यो । त्यो अलमलले तपाईँलाई र खुद नेपालको कम्युनिष्ट आन्दोलनलाई कति क्षति पुर्यायो, समिक्षा गर्नुभएकै होला’ ओलीको प्रतिवेदनको ५२ औं नम्बर बुँदामा उल्लेख छ ।
पूर्वमाओवादी पृष्ठभूमिका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले प्रचण्डको प्रतिवेदनमा पार्टी एकता भएपछिको कुरा भएपनि ओलीको जवाफमा पुराना कुरा कोट्याइएको गुनासो गरेका छन् । ‘प्रचण्डको प्रतिवेदनमा त पार्टी एकता पछिका कुरा मात्र छन जस्तो लाग्छ ! पुराना कुरा कोट्याउनु त वर्तमानको सवालमा उचित जवाफ नभएर पाना भर्न जस्तो पो देखियो त !’ केन्द्रीय सदस्य शर्माले फेसबुकमा लेखेका छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...