अर्थमन्त्री पौडेलको संसद विकास कोषको सबै रकम स्वास्थ्य क्षेत्रमा

गत वर्ष संसद विकास कोषको सबै रकम शिक्षा क्षेत्रमा लगानी गरेका रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेल यो वर्ष सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।

कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यक देखिएपछि पौडेलले संसद विकास कोषको चार करोड रकम पौडेलले स्वास्थ्य क्षेत्रमा लगाएका हुन् । 


Advertisement

विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम, तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड, पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम, सैनामैना नगरपालिका वडा नम्बर एकलाई पनि १ करोड छुट्याइएको छ । 

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९ लाई ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ लाई, १ करोड ५० लाख रहेको छ । 


Advertisement

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)–२०७७ ले अन्तर्गतको बजेट हो । पौडेलकै पहलमा रुपन्देहीमा धेरै राष्ट्रिय महत्वका विभिन्न आयोजनाहरु पनि निर्माणाधिन चरणमा छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्