म्याग्दीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ५ घाइते

 म्याग्दीमा जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । 

मंगला गाउँपालिका वडा २, बाबियाचौरदेखि सल्यानतर्फ जाने क्रममा ००१ च ०२५२ नं. को बोलेरो जीप काफलचौरमा बिहान करिब ११ बजे दुर्घटनामा परेको हो । 


Advertisement

दुर्घटनामा ११ वर्षीया बालिका करिष्मा केसीको मृत्यु भएको हो । उनी सोही जीपका चालक खुमबहादुर कटुवाल केसीकी छोरी हुन् ।

दुर्घटनामा परी चालक खुमबहादुर सहित सुनिता क्षेत्री, कृपा क्षेत्री, कुलला क्षेत्री र राजन केसी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरीक्षक (डीएसपी) किरणजंग कुँवरले बताए ।


Advertisement

घाइतेको उपचारका लागि सदरमुकाम बेनीतर्फ लगिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्