दुर्लभ पिंक लिगेसी हीरा कीर्तिमान पाँच करोड डलर अथाएत् ५७५ करोड डलरमा बिकेको छ ।
कुनै पनि पिंक लिगेसी हीराका लागि यो अहिलेसम्मको सबभन्दा ठूलो रकम हो । पिंक लिगेसी हीरा १९ क्यारेटको छ । अर्थात् यो प्रतिक्यारेट १९ करोड रुपैयाँभन्दा बढीमा बिक्यो ।
अमेरिकाको विलासी गहना फर्म ह्यारी विन्स्टनले यसलाई किनेको हो । जेनेभा गहना व्यापार उत्सवमा क्रिस्टिज अक्सन हाउसले यसलाई मंगलवार लिलामी गरेको हो ।
यसअघि सन् २०१७ मा १५ क्यारेटको पिंक प्रोमिस हीरा ३८० करोड रुपैयाँमा लिलामबिक्री भएको थियो ।
पिंक लिगेसी किन्ने ह्यारी विन्स्टन ज्वेलरीले यसको नाम परिवर्तन गरेर द विन्स्टन पिंक लिगेसी राख्नेछ । ह्यारी विन्स्टन हीराका गहना र विलासी घडीको व्यापार गर्ने प्रसिद्ध अमेरिकी कम्पनी हो ।
क्रिस्टिज अक्सन हाउसका अनुसार, पिंक लिगेसी हीराका लागि फोनमा पाँचजनाले बोली लगाएका थिए । तर ह्यारी विन्स्टन सफल रह्यो । लिलामीमा ह्यारीको प्रतिनिधि उपस्थित थिए ।
एजेन्सी