×

NMB BANK
NIC ASIA

कसरी अगाडि बढ्दैछ प्रियंका र आयुष्मानको वैवाहिक जीवन ?

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पहिलो वैवाहिक सम्बन्धलाई पूर्णबिराम दिएको ठ्याक्कै ८ वर्षपछि अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरिन् । अघिल्लो वर्षको फागुनमा बूढानीलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा नजिकका साथीभाइ र आफ्ना आफन्तको उपस्थितिमा आयुष्मानले प्रियंकालाई सिन्दुर लगाए । सिन्दुर लगाइरहेका बेला आयुष्मानले प्रियंकासँग यो जुनी सँगै काट्ने कसम खाए ।

Muktinath Bank

२०७६ फागुन १६ गते वैवाहिक जीवनमा बाँधिएको यो जोडीको बिहे भएको ९ महिना पुगेको छ । यदि कुनै विवाहित पुरुष–महिलाले चाहेको खण्डमा बच्चा जन्मिने बेला भइसकेको छ । तर, बिहे भएको ९ महिनासम्म त्यस्तो कुनै संकेत देखिएको छैन । यो जोडीले सन्तान जन्माउने कुनै संकेत दिएका छैनन् । प्रियंका भन्छिन्, ‘यस विषयमा अहिले हामी दुईबीच कुरा भएको छैन । कुनै निर्णय पनि भएको छैन । यो नितान्त व्यक्तिगत जीवनसँग सम्बन्धित भएकाले खासै केही बोल्न मन लागेन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुष्मानले भने यस विषयमा केही खुलेर बोलेका छन् । ‘मेरो बिहेअघि र पछिको व्यक्तिगत जीवन त उस्तै छ । पारिवारिक जीवनमा केही चेञ्जिङ आएको त पक्कै हो’, आयुष्मान भन्छन्, ‘बिहे भएपनि म आफ्नो काममा व्यस्त छु । ऊ आफ्नो काममा व्यस्त छ ।’     


Advertisment
Nabil box
Kumari

सन्तानको विषयमा अहिले कुनै योजना नरहेको आयुष्मानले प्रतिक्रिया दिए । व्यावसायिक कामहरूको शिलशिलाले सन्तान उत्पादनको विषयमा आफूहरू निर्णयमा नपुगेको आयुष्मानको प्रतिक्रिया छ ।

Vianet communication
Laxmi Bank

९ महिनासम्मको पारिवारिक स्थिति कसरी चल्यो ? कहिलेकाहीँ खटपट हुन्छ ? कि हुन्न ? झगडा हुन्छ होला ? किचकिच भएर केही दिन बोलचाल ठप्प भयो ९ महिनाको अन्तरमा ? आयुष्मान यस्ता प्रश्नको जवाफमा हाँस्दै प्रतिक्रिया दिन्छन्, ‘हरेक श्रीमान–श्रीमतीमा ठाकठुक हुनु स्वाभाविकै हो । तर, हामीहरूको खटपट बोलचाल बन्द हुने गरी चाहिँ भएको छैन ।’

निःसन्देह, उनीहरूको सम्बन्ध निकै राम्रो छ भन्नका लागि उनीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालले पनि बताइरहेको हुन्छ । अहिले पनि उनीहरूको सम्बन्ध भर्खरै शुरू भएको प्रेम जस्तो सामाजिक सञ्जालमा देखिन्छ ।

बिहेपछि ट्रोलबाट छुटकारा !

भर्खरै प्रेमको बिरुवा झांगिँदै थियो । यो जोडीका तस्वीर र विभिन्न विषयलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल बने । आयुष्मानलाई चुसेको आँप बनाए, प्रियंकाको अघिल्लो श्रीमानसँगका तस्वीर र अन्तर्वार्ता सार्वजनिक गरेर जिस्काइरहे फ्यानहरूले । तर, न ट्रोलले उनीहरूको प्रेममा असर गर्‍यो, न कुनै गसिपले । तर, बिहे भएपछि भने उनीहरूलाई ट्रोलमा कमै मात्रामा देख्न पाइएको छ । तथापि, उनीहरूका स्ट्याटस र तस्वीरहरूमा नकारात्मक कमेन्ट, प्रतिक्रिया आउन भने अझै छाडेको छैन ।

कसरी जोडियो सम्बन्ध ?

आयुष्मान–प्रियंकाको सम्बन्ध औपचारिक रूपमा थाहा हुनुअघि यो जोडीको प्रेमबारे गसिपका रूपमा बजारमा निकै हल्ला थियो । प्रियंकालाई ६ वर्षले कान्छा केटाले ताकेको धेरैले पत्याएनन् । एउटा नाम चलेको सेलिब्रेटीले जस्तोसुकै युवा छान्न सक्थ्यो, तर प्रियंकाले भाइ उमेरको आयुष्मानलाई सुटुक्क मन दिएको धेरैले पत्तै पाउन सकेनन् ।

कतिपय मिडियाले दाबीका साथ यो जोडी बिहे गर्दैछ भनेर ठोकुवा समेत गरेको थिए । तर, आयुष्मानले हामी दुवै एकअर्काका अति मिलनसार साथी हौं भन्दै यो विषयलाई अन्त मोड्थे । प्रियंकाले पनि जो सँग बोल्यो त्यसैसँग सम्बन्ध छ भन्न मिल्छ ? भन्दै उल्टै प्रश्न तेर्स्याउँथिन् । प्रेममा रहेका बेला हर कोहीले यस्ता विषयलाई अन्त मोड्न अनेक बहना खोज्छन्, यो सामान्य कुरा पनि थियो ।

आयुष्मान–प्रियंकाले पनि विभिन्न बहाना जुटाउँदै यो विषयलाई अन्त मोड्थे । तर, प्रेम न हो कतै न कतैबाट त फुत्किहाल्छ । उनीहरूको पनि प्रेम जीवनमा कहिले अंगालोमा बेरिएका तस्वीर बाहिर आए, त कहिले डेटिङमा गएका तस्वीर सार्वजनिक भए । कहिले अवार्ड समारोहमा चुम्माचाटी गरेका तस्वीर बाहिर आए, कहिले क्लबमा जाँदा आयुष्मान दारुले लट्ठ भएर प्रियंकाले हातमा जुत्ता समातेर निस्किएको तस्वीर सामाजिक सञ्जालमा बाहिर आए । त्यसपछि उनीहरूले यो प्रेमलाई अन्ततः स्वीकार्न बाध्य भए । त्यसैको छनक स्वरूप प्रियंकालाई उनको जन्मदिनमा आयुष्मानले टाँगामा राखेर शहर परिक्रमा नै गराइदिए ।

बैंकर रविना देशराजका जेठा छोरा आयुष्मान प्रियंकाभन्दा ६ वर्ष कान्छा छन् । प्रियंकाको करिअर ओरालो लागिरहेको थियो । आयुष्मान चलचित्र क्षेत्रमा बामे सर्दै थिए, तर प्रेमको जालोमा फसे । खासै मिडियामा स्थान नपाइरहेका बेला तत्कालीन हिट अभिनेत्रीको प्रेम प्रसंगमा जोडिएपछि आयुष्मान पनि दिनदिनै मिडियामा छाइरहे ।

प्रियंकाको सिफारिशमा केही म्युजिक भिडियोहरूमा स्थान पाए । तथापि, उनको चलचित्र यात्राले कुनै गति लिएन । प्रियंकाको चलचित्र यात्रा पनि खासै आशालाग्दो नभएका बेला उनीहरू धुमधामका साथ बिहे गरेका हुन् ।

कोरोना महामारीले गर्दा उनीहरूले हनिमून घरमै मनाए । सधैँजसो विदेशका विभिन्न स्थानमा घुम्ने प्रियंका–आयुष्मानलाई विदेश टुरमा समेत कोरोना बाधक बनेको छ । प्रियंका थप्छिन्, ‘कोरोना महामारी सकिएपछि घुम्न जाने योजना छ । बिहे भएपछि राम्रोसँग घुम्न पाइएको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x