ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

झापाको भद्रपुर नगरपालिका–४ स्थित नरसिंह बगानबाट आज प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार गलगलिया–४ का १९ वर्षीय महमद जबर र ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


Advertisement

विशेष सुराकीका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज बिहान ११ः०० बजे पक्राउ गरेको हो ।

जाँचका क्रममा उनीहरुका साथबाट पाँच ग्राम ब्राउनसुगर फेला परेको उनले बताए ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्