×

NMB BANK
NIC ASIA

सांसद विद्या भट्टराईद्वारा चालू वर्षका योजना सार्वजनिक, कहाँ कति बजेट ?

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद विद्या भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चालू वर्षका योजना सार्वजनिक गरेकी छिन् । सांसद भट्टराईले आज पोखरामा पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा रहेको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु चार करोड बजेटबाट ३० योजना छनोट गरिएको जानकारी दिइन् ।

Muktinath Bank

प्रतिनिधिसभा सदस्य भट्टराईले चालू वर्षमा नै सम्पन्न गर्न सकिने खालका पूर्वाधार विकासमा केन्द्रित गरेर योजना छनोट गरेको बताइन् । गत वर्ष मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सांसद भट्टराईले आफूले एक वर्षका अवधिमा अल्पकालीन योजना सम्पन्न गर्ने तथा दीर्घकालीन योजनालाई प्राथमिकताका साथ अघि बढाउने कार्य गरेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद भट्टराईले पोखरा–७ र ६ जोड्ने मूलखोकमा बन्दै गरेको अपूरो कल्भर्टसहितको पुल निर्माण र रिटेनिङ वालमा रु २५ लाख बजेट छुट्याएकी छिन् । पोखरा–११ को कालिकाचोक व्यँसघारी सडक स्तरोन्नति, रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिमा रु २५ लाख बजेट विनियोजन गरिएको सांसद भट्टराईले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

वडा नं ८ को शिवालय मार्ग ढल निर्माण र रक्तसञ्चार केन्द्र पूर्वाधार निर्माणमा रु २०÷२० लाखका दरले विनियोजन गरिएको छ ।
 पोखरा–३३ को खैरेनी सिगारेवास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन निर्माणमा रु २० लाख, वडा नं २० को हरिहर आमा समूह, शिव बहुउद्देश्यीय भवन तथा देवीडाँडा मालिकमार्ग सडकमा रु १५ लाख, मौजा लामडाँडा खेलमैदान र कुरगाउँ सांस्कृतिकस्थल संरक्षणमा रु १५ लाख वडा नं २१ को सेल्टारी कृषि सडक र एकहाते रामदी खानेपानीका लागि रु १५ लाख बजेट छुट्याइएको छ ।

Vianet communication
Laxmi Bank

वडा नं ९ मा महेन्द्र मावि र नवप्रभात माविका भौतिक संरचना निर्माणमा रु १० लाख, जलारी समाज भवन, शान्ति दर्शन बहुउद्देश्यीय भवनमा रु  १० लाख र शान्ति वनस्थित स्मृति सभाहल र साहारा आधारभूत विद्यालयको स्तरोन्नतिका लागि रु १० लाख तथा जिल्ला ट्राफिक कार्यालयमा पूर्वाधार निर्माणमा रु १० लाख छुट्याइएको छ ।

वडा नं १५ मा फूलबारी मार्ग सडक र अलकापुर मार्ग स्तरोन्नतिका लागि रु १५ लाख दरले बजेट विनियोजन गरिएको छ । वडा नं १७ मा आँखा अस्पतालदेखि रामनगरटोलको सडक स्तरोन्नतिमा रु १५ लाख तथा खरबारी सोतोको भलपानी निकास र जनकल्याण टोल भवनका लागि रु १५ लाख छुट्याइएको छ ।

यसैगरी पोखरा–४ मा बूढानीलकण्ठ बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडिको सडक स्तरोन्नतिमा रु १०÷१० लाख विनियोजन गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x