दिल्लीमा पाँच लाख ६६ हजार ६४८ व्यक्तिमा कोभिड–१९ पुष्टि

भारतको राजधानी नयाँ दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या थप चार हजार ९०६ रहेको यहाँको राज्यस्तरीय स्वास्थ्य विभागले जानकारी गराएको छ ।

दिल्लीमा आइतबार निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ हजार ३२५ रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी हेर्दा भारतको राजधानीमा सङ्क्रमित विरामीभन्दा सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या बढ्दो देखिएको छ ।


Advertisement

राजधानी दिल्लीमा शनिबारको तुलनामा आइतबार सङ्क्रमण पुष्टि हुने विरामी पनि कम देखिएका छन् । अहिलेसम्म दिल्लीमा कूल पाँच लाख ६६ हजार ६४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
 
विभागले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार दिल्लीमा विगत २४ घण्टामा कूल ६४ हजार १८६ जनाको कोभिड परीक्षण गरिएको थियो ।

तथ्याङ्कले दिल्लीमा नोभेम्बर ७ मा कोभिड सङ्क्रमित दर १५.२६ रहेकोमा महिनाको अन्त्यसम्म आइपुग्दा यो दर ९.०८ प्रतिशत कायम भएको राज्य सरकारका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले बताउनुभयो ।


Advertisement

त्यसैगरी दिल्लीमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ६८ व्यक्तिको मृत्यु भएको र अहिलेसम्म यहाँ कूल नौ हजार ६६ जनाको मृत्यु भएको बताइएको छ ।

दिल्लीमा अहिले ३५ हजार ९१ कोभिड सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् भने पाँच लाख २२ हजार ४९१ व्यक्ति निको भई घर फर्किएका छन् ।
–––

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्