कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ। ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ। यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन्।
‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’। अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ।
सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ। ब्राह्मणाका लागि ‘गोत्र’ विशेष रूपमा महत्वपूर्ण हुन्छ । किनकी ब्राह्मणहरु ऋषिका सन्तान मानिन्छन् । जसअनुसार प्रत्येक ब्राह्मणको सम्बन्ध ऋषिकूलसँग हुन्छ।
प्राचीन कालमा चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु। ति ऋषि हुन्, अंगिरा, कश्यप, वशिष्ठ र भगु । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए । व्यावहारिक रूपमा ‘गोत्र’ को आशय पहिचानसँग जोडिएको हुन्छ । जो ब्राह्मणहरुका लागि उनीहरुको ऋषिकुलसँग सम्बन्धित हुन्छ ।
कालान्तरमा जब वर्ण व्यवस्थाले जाति–व्यवस्थाको रूप लियो त्यसपछि यो पहिचान स्थान तथा कर्मसँग पनि सम्बन्धित हुन पुग्यो । यही कारणको हो कि ब्राह्मणका अलावा अन्य जातिको गोत्र उनीहरुको उद्गम स्थान या कर्मक्षेत्रसँग सम्बन्धित हुन्छ ।
‘गोत्र’ को पछाडिको मूख्य भाव भनेको एकत्रीकरण हो । यद्यपि वर्तमान समयमा आपसी प्रेम र सौहार्दताको कमीका कारण गोत्रको महत्व पनि विस्तारै कम हुँदै गएर केवल कर्मकाण्डी औपचारिकतामा सीमित हुन पुगेको छ ।
गोत्र थाहा नभए के गर्ने ?
ब्राह्मणमध्ये यदि कसैलाई आफ्नो ‘गोत्र’को ज्ञान हुँदैन भने कुनै धार्मिक कर्म गर्दा उनको गोत्र ‘कश्वप’ भनेर उच्चारण गरिन्छ । यस्तो यसकारण हुन्छ कि कश्यप ऋषिका एकभन्दा धेरै विवाह भएका थिए र उनको अनेक पुत्र थिए ।
त्यसैले यदि कुनै ब्राह्मणलाई आफ्नो गोत्रको ज्ञान हुँदैन भने उनलाई ‘कश्यप’ ऋषिकूलको मानिन्छ । त्यसैले उनको गोत्र कश्वप भनेर उच्चार गरिन्छ ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...