×

NMB BANK
NIC ASIA

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै, अनलाइन कक्षा पनि निरन्तर

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिक प्रणालीका विद्यार्थी समेट्दै


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी दिए । धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ । विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।

अनलाइन कक्षा पनि निरन्तर
विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने भएको छ । अब विश्वविद्यालयले दुवै मोडल (अनलाइन र भौतिक उपस्थिति)बाट कक्षा सञ्चालन गरिने शिक्षाध्यक्ष भुसालले बताए । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको पठनपाठन अनलाइन माध्यमबाट भइरहेकाले त्यसलाई समेत निरन्तरता दिइने जनाइएको छ ।

अनुमति लिनुपर्ने
विश्वविद्यालय मातहतका क्याम्पसले कक्षा सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिनुपर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको अवस्थालाई विचार गरी स्थानीय तहबाट स्वीकृति लिएर कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन विश्वविद्यालयले दिएको छ ।

कोरोनाको अवस्था जिल्ला र पालिकापिच्छे फरकफरक अवस्था हुने भएकाले स्थानीय तहसित अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न भनिएको शिक्षाध्यक्ष भुसालले जानकारी दिए ।

राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न विश्वविद्यालयबाट स्वीकृति प्राप्त भएको जानकारी दिँदै उपत्यकामा भने तत्काल सो परिस्थिति नदेखिएको बताए । काठमाडौँ बाहिरका कोरोनाको प्रभाव नभएका जिल्लामा भने क्याम्पस सञ्चालन गर्न यसले सहज बनाएको क्याम्पस प्रमुख थापाले बताए । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x