×

NMB BANK
NIC ASIA

परियोजनामा चीनको चासो

मंसिर १५, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels
Marvel

 एक दिने ‘वर्किङ भिजिट’मा आइतबार नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले जंगीअड्डामा झन्डै तीन घण्टा बिताए।

Muktinath Bank

त्यसपछि फेङहे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए। त्यहाँबाट शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे। फेङहेले आफ्ना राष्ट्रपति सी जिनपिङले पठाएको अभिवादन र शुभेच्छासहितको सन्देश सुनाए। उनले दुई मुलुकबीच सम्झौता भएर पनि कोरोना भाइरसका कारण रोकिएका विकासका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल–चीनबीच विगतमा भएका सम्झौता विभिन्न कारण कार्यान्वयन हुनबाट रोकिएका छन्। फेङहेले ती कामलाई शीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएको स्रोत बताउँछ। चिनियाँ बीआरआई परियोजनामा सूचीकृत भएका नेपालका योजना प्रभावकारी रूपमा कार्यान्वयन नभइरहेको अवस्थामा फेङहेले ती योजनाप्रति लक्ष्य गरी कार्यान्वयनका लागि राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका हुन्।


Advertisment
Nabil box
Kumari

राष्‍ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान गर्दै आएकामा चीनको सराहना गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘साथै उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढीकरण गर्न यो भ्रमण कोशेढुंगाको रूपमा रहने विश्‍वास व्यक्त गर्नुभयो’, विज्ञप्तिमा लेखिएको छ। रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङहेबीच नेपाली सेनालाई गर्ने सहयोग र कोरोना रोकथामका विषयमा छलफल भएको थियो।

Vianet communication
Laxmi Bank

फेङहेले जंगीअड्डामा अभिरुचिपूर्वक नेपाली सेनाले गरेको प्रस्तुतीकरण सुनेका थिए। नेपाली सेनाको सम्मानगारत ग्रहणपछि उनी जंगीअड्डाले आयोजना गरेको औपचारिक कार्यक्रममा सरिक भएका थिए। उनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रोकिएका सैन्य अभ्यास र अन्य तालिमलाई यथाशीघ्र निरन्तरता दिने आश्वासन दिएका छन्। जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उनले कोरोना भाइरस संक्रमणका कारण रोकिएको सैन्य अभ्यास यथाशीघ्र सुचारु गर्ने प्रतिबद्धता जनाएका हुन्।

फेङहे र प्रधानसेनापति थापा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने विषयमा पनि सहमत भएका छन्। द्विपक्षीय हितका लागि सैनिक सहकार्यलाई बढाउन पनि सहमत भएको जनाइएको छ। विगतमा भएका सैनिक सहायता र त्यसको कार्यान्वयनबारे  पनि छलफल भएको थियो।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसिप नाम दिइएको संयुक्त सैन्य अभ्यास हुँदै आएको छ। दुई सेनाबीचको सैन्य अभ्यास प्रतिआतंकवाद र विपद व्यवस्थापनमा केन्द्रित हुँदै आएको छ। कोरोना भाइरस संक्रमणका कारण चीनसँगको संयुक्त सैन्य अभ्यास रोकिएको छ।

प्रधानसेनापति थापासँगको औपचारिक भेटवार्तापछि दुई पक्षबीच द्विपक्षीय हितबारे छलफल भएको थियो। छलफलका क्रममा फेङहेले नेपाली सेनालाई दिने सैन्य सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। चिनियाँ पक्षले प्राथमिकतासाथ यहाँ र यहाँबाट चीनविरोधी हुने गतिविधिबारे चासो राखेको स्रोतले बताएको छ। नेपालले एक चीन नीति अंगीकार गर्दै आएको छ। एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउँदै चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने जवाफ नेपाली सेनाले रक्षामन्त्री फेङहेलाई दिएको छ।

भारतका कूटनीतिज्ञ र सुरक्षा निकायका प्रमुखले नेपाल भ्रमणका क्रममा यहाँ चिनियाँको उपस्थितिबारे चासो राखेपछि चीन थप सशंकित देखिएको छ। भारतीय गुप्तचर रअ प्रमुख सामान्त गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगलाको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहेको नेपाल भ्रमण भएको हो। 

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौड्यालले चिनियाँ रक्षामन्त्री फेङहेको भ्रमणले दुई मुलुकका सेनाबीच रही आएको सम्बन्धलाई थप सुमधुर, मजबुत र सम्बन्ध विस्तारका लागि मद्दत पुग्ने नेपाली सेनाको विश्वास रहेको बताए।  शम्भु कट्टेलले अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x