×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जालको जञ्जालमा फस्दा...

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चन्द्रागिरि नगरपालिका बस्ने १६ वर्षीया किशोरी गत मंगलबार हराइन् ।

Muktinath Bank

भोलिपल्ट अभिभावकले महानगरीय प्रहरी परिसर काठमाडौंको खोजतलास शाखामा निवेदन दिए । थानकोटबाट हराएकी तिनै किशोरीको चार दिनपछि काठमाडौंबाट करिब १३ सय किलोमिटर टाढा भारत मध्यप्रदेश राज्यको इन्दौर नजिकको सिहोर भन्ने ठाउँबाट उद्धार गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसरी पुगिन् त्यति टाढा ? कसले पुर्‍यायो ?


Advertisment
Nabil box
Kumari

अभिभावकको निवेदनपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । प्रहरीले थानकोट नाकादेखि काठमाडौंबाट बाहिरिने सवारी साधनहरूमा निगरानी बढायो ।  तर, ती किशोरी कहाँ गइन् भन्ने कुनै सुइँको पाउन सकेन ।

Vianet communication
Laxmi Bank

त्यसपछि भारततर्फ गएको हुन सक्ने भन्ने शंकामा प्रहरीले केआई नेपालमा भारतका शाखालाई सम्पर्क गरे । जावलाखेलमा मुख्य कार्यालय रहेको आफन्त (केआई) नेपाल संस्थाले भारत तथा तेस्रो मुलुकमा महिला, बालबालिका बेचबिखनविरुद्ध काम गरिरहेकाले त्यसमार्फत खोजी गर्न सहज हुने देखियो । थानकोट प्रहरीले टेलिकम कम्पनीमार्फत ती किशोरीको मोबाइलको लोकेसन निकालेपछि उक्त संस्थाका सहयोगीसँग परामर्श गरिएको थियो ।

मोबाइलको लोकेसन ट्रेसिङमा किशोरी भारततर्फ गएको खुलेपछि आमाबाबुले प्रहरी र केआई नेपालका प्रतिनिधिलाई छोरीको सामाजिक सञ्जाल प्रयोगबारे बताए । सोसल साइटमा उनका साथीहरूमध्ये भारतमा बस्ने दुई जना केटासँगको संवादलाई सन्दिग्ध मानेर अनुसन्धान गर्नुपर्ने देखियो । केआईले किशोरीको सबै जानकारी आफ्नो भारत प्रतिनिधि नवीन जोशीलाई दियो ।

त्यसपछि जोशीको आग्रहमा दिल्ली प्रहरीले किशोरीसँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहेका दुई जना केटाको नम्बर पत्ता लाग्यो । शंकाको सुई मध्यप्रदेशको भोपालमा बस्ने महेश नाम गरेको एउटा केटातर्फ सोझियो ।
दिल्ली प्रहरीले मध्यप्रदेशको बालकल्याण समिति (सीडब्लूसी) सँग सम्पर्क गर्‍यो । सीडब्लूसीले तत्कालै मध्यप्रदेशको आस्टा जिल्लाअन्तर्गतको सिहोर प्रहरीलाई केटालाई पक्राउ गरी छानबिन सुरु गर्न भन्यो । प्रहरीले ल्याएर केरकार गरेपछि महेशले ती किशोरीलाई आफूले बोलाएको र इन्दौरबाट एउटी केटीको साथ लागेर भोपाल आउँदै गरेको बताए । त्यसपछि ती किशोरीलाई स्थानीय प्रहरी र सीडब्लूसीका प्रतिनिधिले सिहोरबाट उद्धार गरेको हो ।

किशोरीले प्रहरीलाई बताएअनुसार दुई वर्षअघि टिकटकमार्फत महेश नामको युवकसँग सम्पर्क भएको थियो । त्यसपछि उनीहरू फेसबुकमा साथी बने । त्यसपछि मेसेन्जर र ह्वाट्सएपमार्फत उनीहरूबीच नियमित कुराकानी हुने गरेको थियो । प्रहरीका अनुसार ती युवकले मायाको जालमा पारेर विवाह गर्नेसम्मको प्रलोभन दिएको खुलेको छ । विवाह गर्ने भन्दै योजनाबद्ध ढंगले भोपाल बोलाएको प्रहरीको दाबी छ । युवकले केटीहरूसँग सम्पर्क गर्न पिटर नामबाट बेग्लै फेसबुक आईडी नै खोलेको पाइएको छ ।

उनले बालिकालाई आफू भोपालको एउटा ठूलो कलेजको मालिक रहेको समेत दाबी गरेको खुलेको छ । जबकि प्रारम्भिक छानबिनमा युवकका पिता सामान्य मजदुरी गरेर घर खर्च धान्ने गरेको देखिएको केआई नेपालका प्रतिनिधि जोशीले कान्तिपुरलाई बताए ।

परिवारसँग सम्पर्क हुँदा किशोरीले आफू एक जना महिलासँग इन्दौरसम्म आएको र त्यहाँबाट एक जना केटीको साथ लगाएर पठाएको बताएकी छन् । ती महिला र केटी को हुन् भन्ने अझैसम्म खुलेको छैन । केटाले नै ती केटी र महिलालाई ती बालिकालाई भोपाल पुर्‍याउन खटाएको आशंका प्रहरीले गरेको छ ।

केआई प्रतिनिधि जोशीका अनुसार ती केटी र महिलाका सम्बन्धमा पनि प्रहरीले छानबिन गरिरहेको छ । किशोरीले प्रहरीलाई बताएअनुसार मंसिर १० को बिहान ८ बजे उनी बुद्ध एयरको जहाजबाट सिमरा उत्रिएकी थिइन् । त्यहाँबाट रक्सौल नाका हुँदै भारततर्फ पस्दा नाकाका नेपाल प्रहरी र एसएसबीले केही नसोधेको बताएकी छन् । तर, कोरोना महामारीका कारण नाकामा निगरानी बढाइएको अवस्थामा उनले सीमा पार गर्दा कसैले पनि नसोधेको भन्ने भनाइप्रति प्रहरीले विश्वास नगरेको जोशीले बताए ।

‘अहिलेको अवस्थामा काठमाडौंको एउटा बालिका त्यो पनि पहिलो पटक भारत आउँदा एक्लै सीमा काटेर भोपाल जान लागेको भन्ने पत्याउन सकिँदैन,’ उनले भने । किशोरीलाई कसैले चोरबाटोबाट वा योजनाबद्ध ढंगले सीमा कटाएको प्रहरीको आशंका छ ।

रक्सौलबाट कानपुरसम्म बसमा त्यसपछि लखनउ र त्यहाँबाट इन्दौरसम्म उनी कसरी पुगिन् भन्नेमा पनि प्रहरीले छानबिन गरिरहेको छ । उद्धार गरिएकी किशोरीलाई भोपाल बाल कल्याण समितिको संरक्षणमा स्थानीय बालगृहमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेपछि घर फिर्ता गरिने जोशीले बताए । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x