×

NMB BANK
NIC ASIA

पाल्पाको तानसेन नगर र काठमाडौंको भित्री सहरी क्षेत्रका आचरण धेरै मिल्छन् — मेयर शाक्य

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले तानसेन नगरपालिका र काठमाडौं महानगरको भित्री सहरी आचरण धेरै मिल्दाजुल्दा रहेको बताएका छन् । आइतवार तानसेन नगरको भ्रमण अवलोकनका क्रममा उनले यस्तो बताएका हुन्  । 

Muktinath Bank

नगरको सभा कक्षमा आयोजना गरिएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले भने — ‘असन, मखन, ब्रह्मटोललगायत टोल काठमाडौं र तानसेन दुवै नगरमा छन् । यसको अर्थ दुई नगरबीच कुनै समयमा आत्मीय सम्बन्ध थियो भन्ने हो । सम्बन्ध औपचारिक मात्र हुँदैनन् । यो अनौपचारिक सम्बन्ध हाम्रा लागि प्यारो छ ।’ उनले त्यस क्रममा भने — ‘पाल्पा जिल्लाले प्रशासनको नेतृत्व गर्ने धेरै जनशक्ति उत्पादन गरेको छ । उहाँहरु काठमाडौंबाट नेतृत्व सम्हालिरहनुभएको छ । यस कोणबाट पनि दुई नगरबीचको सम्बन्धलाई हेर्न सकिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेयर शाक्यले काठमाडौंका अरु नगरले धेरै प्रशासनिक र विकास व्यवस्थापनलगायतका पक्षमा धेरै सिक्न सक्ने बताए । सडक, खानेपानी, भूउपयोग, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनका पक्षमा कुरा गर्दैै उनले काठमाडौंको पूर्वाधार निर्माणमा के गल्ती थियो । त्यो हेरेर योजना तर्जुमा गर्न सकिने उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

भेटका क्रममा तानसेनका नगरप्रमुख अशोककुमार शाहीले भने — ‘काठमाडौंले भाइ भनिँदिँदा तानसेनलाई गौरव लाग्छ । त्यसैले हामीले काठमाडौंलाई मितेरी साइनोका लागि अनुरोध गरेका छौं ।’ मेयर शाहीले नगर पहिचान बताउँदै संघीय प्रणालीमा स्थानीय सरकारलाई गोलमटोल गरेर हेर्न नहुने बताए । आकार र स्रोतका दृष्टिले साना हुनसक्छन् । तर साना नगरले पनि ठूला र दिगो महत्व राख्ने कार्यक्रम चलाएका छन् । तर अहिले स्थानीय सरकारलाई कमजोर मात्र देखाउने चरित्र बढेको छ । यो संघीयताका लागि पटक्कै राम्रो होइन ।’

Vianet communication
Laxmi Bank

टाढाबाट देखेका र टेलिभिजनमा हेरेर काठमाडौं नगरका प्रमुखलाई आफैंले स्वागत गर्न पाएको आफू खुशी भएको बताउँदै तानसेन नगरकी उपप्रमुख लक्ष्मीदेवी पाठकले सहरी विकासमा आफूहरु उत्साहित भएको बताए । 

भेटका क्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, महानगरका प्रवक्ता ईश्वरमान डंगोल, दुवै नगरका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

भेटपछि पाल्पा दरबार र श्री ७ रणउजेरिश्वरी भगवती मन्दिर क्षेत्रका भ्रमण अवलोकन गरेर पुननिर्माणका विषयमा जानकारी लिइएको थियो । त्यस क्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मेयर शाक्य नेतृत्वको प्रतिनिधि मण्डललाई दरवार पुननिर्माणका विषयमा जानकारी गराएका थिए  । 

तानसेन २००७ सालमा गठन भएको नगरपालिका हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x