राष्ट्रपति बाइडनले यसरी रचे इतिहास, यी महिलालाई मात्रै मौका

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो प्रेस टीममा महिलालाई मात्रै नियुक्त गरेर इतिहास रचेको दाबी गरेका छन् ।

बाइडनका अनुसार प्रेस टीममा महिलालाई मात्रै नियुक्त गरिएको यो पहिलो पटक हो । बाइडनले टीमको नेतृत्व केट बेडिङ्गफिल्डलाई दिएका छन् । उनी बाइडन चुनावी अभियानमा सञ्चार उपनिर्देशक थिइन् ।
बाराक ओबामाको कार्यकालमा ह्वाइट हाउसकी सञ्चार निर्देशक रहेकी जेन साकीलाई बाइडनले प्रेस सचिव नियुक्त गरेका छन् । बाइडनले आफ्नो प्रशासन टीम देशको विविधता दर्शाउने गरी विविधतायुक्त हुने प्रतिबद्धता जनाएका छन् ।


Advertisement

‘मलाई यो घोषणा गर्दा गर्व भइरहेको छ कि ह्वाइट हाउसको पहिलो सिनियर कम्युनिकेसन टीममा सबै महिला हुनेछन्,’ बाइडनले भने ।

नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको प्रेस अधिकारी सिनोन सेन्डर्स र ऐश्ली एटीन हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्