धनगढीको कोरोना अस्पतालमा उपचाररत १ पुरुषको मृत्यु

धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत १ पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–४ का ७६ वर्षीय पुरुषको सोमवार बिहान ९ः३० बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार क्षेष्ठले बताए ।


Advertisement

मंसिर ८ गते अस्पतालमा भर्ना भएका ती पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्