म्याराडोनाका चिकित्सकमाथि भवितव्य हत्याको अनुसन्धान गरिँदै

फूटबल लेजेन्ड डीएगो म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकलाई भवितव्य हत्याको घटनामा अनुसन्धान शुरू गरिएको छ । 
 

म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको हो । 


Advertisement

प्रहरीले लुकको क्लिनिक र घरमा छापा मार्दै उपचारमा लापरवाहीको प्रमाण खोजी गरेको बताइएको छ । 
 

म्याराडोनाका छोरीहरू डाल्मा, जियानिना र जानाले पिताको उपचारका विषयमा चिन्ता व्यक्त गरेपछि अनुसन्धान थालिएको कानूनी स्रोतले बताएका छन् । 


Advertisement

हाम्रो अनुसन्धान चलिरहेको छ, हामी परिवारका सदस्य लगायतका साक्षीहरूसँग कुराकानी गरिरहेका छौं,’ सान इसिद्रो छानबिन समितिसँग निकट स्रोतले बतायो । 

एएफपी समाचार संस्थाले सम्पर्क गर्दा डा लुकले टिप्पणी गर्न अस्वीकार गरे । म्याराडोनाको मस्तिष्कमा जमेको रगत हटाउने सर्जरीपछि ६० वर्षीय म्याराडोना नोभेम्बर १२ मा अस्पतालबाट निस्कँदा उनीसँग डा लुकले फोटो खिचाएका थिए । 

सर्जरीपछि म्याराडोना टिग्रेस्थित घर फर्केका थिए र त्यहाँ चौबीसै घन्टा उपचार चलेको थियो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्