×

NMB BANK
NIC ASIA

चीन र अस्ट्रेलियाबीचको सम्बन्ध झनै बिग्रियो, प्रवक्ताले पोस्ट गरेको तस्वीरमा आपत्ति

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र अस्ट्रेलियाबीचको विवाद चर्किंदै जाँदा चीनको परराष्ट्र मन्त्रालयले सोमवार अफगानिस्तानमा अस्ट्रेलियाका युद्धअपराधी भनिएका व्यक्तिको ‘नक्कली तस्वीर’ शेयर गरेको छ । 

Muktinath Bank

अस्ट्रेलियाले यसमा आपत्ति जनाएको छ । यस्तो आपत्तिजनक पोस्टले चीन सरकारलाई लज्जित बनाउनुपर्ने भनी द सिड्नी मर्निङ हेराल्डले छापेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले आफ्नो ट्विटर ह्यान्डलमा सोमवार बिहान एउटा तस्वीर शेयर गरे जसमा अस्ट्रेलियाको विशेष बलका एक सैनिकले एक अफगानी बालकलाई चक्कुले घाँटी काटेको र उसको टाउकोमा अस्ट्रेलियाको झण्डा बेरिएको देखिन्छ । ‘नडराऊ, हामी तिम्रा लागि शान्ति ल्याउँदैछौं,’ तस्वीरमा लेखिएको छ । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलियाका सैनिकहरूले अफगानी नागरिक र कैदीको हत्या गरेकोमा आफू स्तब्ध भएको भनी झाओले ट्वीट गरे । 

Vianet communication
Laxmi Bank

यो तस्वीर वुहेकिलिन नामक चिनियाँ वुल्फ वारियर कलाकारले बनाएका हुन् । उनी पोहोर साल हङकङमा भएका विरोध प्रदर्शनका बेलामा बेइजिङपक्षधर चित्र बनाएर प्रसिद्ध भएका थिए । 

प्रधानमन्त्री बनेपछि स्कट मोरिसनले पहिलोपटक चीन सरकारविरुद्ध कठोर टिप्पणी गर्दै यस्तो पोस्टले संसारको आँखामा चीनलाई गिराउने बताए अनि परराष्ट्र मन्त्रालयले माफी माग्नुपर्ने बताए । 

‘चीन सरकारलाई यस्तो पोस्टले लज्जित बनाउनुपर्ने हो । संसारको आँखामा उनीहरूलाई यसले गिराउँछ,’ उनले भने । 

अस्ट्रेलियाको विशेष सैन्यबलका सैनिकहरूले अफगानिस्तानमा ३९ जना सर्वसाधारणको हत्या गरेको खुलासा ब्रेरेटन प्रतिवेदनमा भएपछि मानवअधिकारकर्मीहरूले अस्ट्रेलियाको आलोचना गरिरहेको बेलामा झाओको ट्वीट आएको हो । 

अस्ट्रेलिया र चीनबीच विगत सात महिनादेखि व्यापारयुद्ध चलिरहेको छ । यसक्रममा चीनले अस्ट्रेलियाबाट अनेकौं सामान ल्याउन प्रतिबन्ध लगाएको छ । 

अनि नोभेम्बर महिनाको आरम्भदेखि चीनले कोइला, चिनी, जौ, वाइन, तामा र काठ आयातमा अघोषित प्रतिबन्ध लगाएको छ । 

कोभिड–१९ को उत्पत्तिका विषयमा चीनमाथि अनुसन्धान गर्ने टोलीमा अस्ट्रेलिया पनि मिसिएपछि चीनले यस्तो प्रतिबन्ध लगाएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x