मन्त्री बरालले गरे रुरुक्षेत्रमा अस्पताल भवनको शिलान्यास

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरेका छन् । 

सोमवार रिडीमा आयोजित कार्यक्रममा मन्त्री बरालले १५ शय्याको अस्पताल भवनको शिलान्यास गरेका हुन् । 


Advertisement

सबै स्थानीय तहमा ५–१५ शय्याका अस्पताल निर्माण गर्ने सरकारको निर्णय अनुसार सोमवार देशभर अस्पताल शिलान्यास हुँदैछन् । रुरु क्षेत्रमा बन्ने अस्पतालले यस क्षेत्र आसपासका नागरिकलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा पुग्ने विश्वास मन्त्री बरालले गरे । 

उनले कोरोना संक्रमण जस्ता महामारीबाट बच्न व्यक्तिगत सचेतता जरुरी रहेको बताए । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पन्थले गाउँपालिकाको आफ्नै अस्पताल भए पनि सर्वसाधारणले सहज ढंगले स्वास्थ्य सेवा पाउने विश्वास गरिन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्