सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

प्रतिकात्मक तस्वीर

सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।


Advertisement

यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३ मेट्रिक टनका दरले १ लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिए ।

सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३ मेट्रिक टनका दरले १ लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताए । गत वर्ष प्रतिहेक्टर २ दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो । 


Advertisement

यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको उनको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मती लगायतको धान व्यापक रूपमा लगाउने गरिएको छ ।

कमेन्ट गर्नुहोस्