अस्ट्रिया : नाम लिनै लाज लाग्ने भएपछि बदलियो गाउँको नाम

युरोपेली मुलुक अस्ट्रियाको एक गाउँको नाम लाजमर्दो भएपछि परिवर्तन गरिएको हो । गाउँलेहरूलाई गाउँको नाम लिन नै अप्ठ्यारो लाग्न थालेपछि परिवर्तन गरिएको हो । 

गाउँको नाम फकिङ हो । गाउँ परिषद्ले यसको नाम परिवर्तन गरेर फगिङ राख्न लागेको हो । 


Advertisement

विदेशी पर्यटकहरू यस गाउँको सीमामा आइपुग्दा फकिङ नाम लेखिएको साइनबोर्ड देखेर तस्वीर खिचाउँथे अनि सामाजिक सञ्जालमा राख्थे । त्यसले गाउँको दबनामी भइरहेको थियो । 

सन् २०२१ को जनवरी १ मा गाउँको नाम परिवर्तन गरेर फगिङ राखिएको हो । 


Advertisement

जर्मनी समाचार संस्था डोयच वलका अनुसार, अस्ट्रियाको टार्सडोर्फ पालिकामा फकिङ गाउँ पर्छ । जर्मन सीमा नजिक रहेको यो गाउँमा सन् २००५ देखि पर्यटकको संख्या बढेको हो । 
 

फकिङ गाउँमा १०६ जना मात्र बस्छन् । त्यहाँ जम्मा ३२ घर छन् । 

छैठौं शताब्दीमा बाभेरियन समुदायका एक व्यक्ति फोकोले गाउँ बसाएको बताइन्छ । सन् १०७० मा पहिलोपटक गाउँको नाम आधिकारिक दस्तावेजमा भेटिन्छ । 

शुरूमा यसको नाम ल्याटिन भाषामा राखियो । त्यतिखेर यसको नाम एडेलपर्टस डे फसिनजिन थियो । पछि अपभ्रशं हुँदै गएर यसको नाम फकचिङ र फगखिङ भयो । अठारौं शताब्दीमा आइपुग्दा यसलाई फकिङ नाम दिइयो । 
 

अस्ट्रियाको किताबमा यसको नाम फूकिङ हुनुपर्ने किनकि यसलाई फोकोले बसाएको बताइन्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्