बस दुर्घटना हुँदा १ जनाको मृत्यु

अछाम सदरमुकाम मंगलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना४ख ९९७२ नम्बरको बस सोमवार बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् ।


Advertisement

बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताए ।

उनले भने, ‘घटनासम्बन्धी अन्य विवरण आउन बाँकी छ ।’ घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो ।


Advertisement

कमेन्ट गर्नुहोस्