×

NMB BANK
NIC ASIA

नेकपा विवाद टुंगिएर एकता मजबुत हुनेमा नेता कार्यकर्ता आशावादी

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने संकेत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने आशामा देखिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाकी केन्द्रीय सदस्य मदनकुमारी शाह (गरिमा) ले पार्टी विधानअनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताइन् ।


Advertisment
Nabil box
Kumari

विगतका एकअर्काका कमी कमजोरीलाई ल्याएर पार्टीलाई कमजोर बनाउने काम भइरहेको उल्लेख गर्दै शाहले भनिन्, ‘हाम्रो अहिलेको विवादको कारक धेरै पछाडि फर्किनु पनि हो, २५ वर्ष पहिले कस्ले के गर्‍यो भन्ने कुरा अहिले बाहिर ल्याउन आवश्यक छैन, यो जनताको विश्वास जित्ने समय हो, त्यसमा पार्टी एकताबद्ध हुनुको विकल्प छैन ।’ 
  
पछिल्लो समय आएका प्रतिवेदनले झन् पार्टीलाई अप्ठ्यारो मोडमा लिनसक्ने भन्दै त्यस्को समाधानका लागि माथिल्लो तहका नेताले कार्यशैली सुधार गर्नुपर्ने शाह बताइन् । ‘अहिलेको नेकपाको समस्या नेताको कार्यशैलीले उत्पन्न भएको हो, तल्लो तहका नेता कार्यकर्तामा निराशा छ,’ शाहले भनिन्, ‘पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौं, पार्टीको एकतालाई मजबुत बनाउँदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन ।’

Vianet communication
Laxmi Bank

नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले दुवै अध्यक्षको प्रतिवेदन आएको अवस्थामा त्यस्को असर तल्लो तहसम्म स्वभाविक भएको उल्लेख गर्दै अब आवश्यक छलफल र संवादले समस्याको समाधान खोजिनेमा आफूहरू विश्वस्त रहेको बताए ।

उनले व्यक्तिगत धारणा राख्ने स्वतन्त्रता सबैमा भएकाले बाहिर जस्तो देखिए पनि पार्टीलाई झन् मजबुद बनाएर लैजाने कुरामा सबैको एकमत रहेको बताए । ‘पार्टी एकता भएको ३ महिनाभित्र सबै एकताको काम सम्पन्न गर्ने भन्ने थियो, त्यो हुन सकेन, त्यसले पनि कार्यकर्तामा केही खिन्नता ल्याएको छ,’ सचिव चौधरीले भने, ‘एकताले पार्टी मजबुत बन्यो, झण्डै दुईतिहाइको सरकार बन्या, अझै राम्रो गर्न पार्टी एकतालाई मजबुत बनाउनुपर्छ । उनले देशमा अस्थिरता देख्न चाहनेले नेकपा फुटेको हेर्न चाहेको उल्लेख गर्दै जसले समृद्धि र समुन्नत राष्ट्र भएको हेर्न चाहन्छ त्यसले नेकपा फुटेको हेर्न नचाहेको बताए ।
 
नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिए पनि त्यस्तो कलह तल्लो तहमा नरहेको जिकिर गरे । उनले तल्लो तहका नेताकार्यकर्ता पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुपर्नेमा रहेको उल्लेख गर्दै कसैले फुट भन्दैमा फुट्ने र जुट भन्दैमा जुट्ने पार्टी नेकपा नभएको बताए । ‘जिल्ला तहमा कसैको पनि मानसिकता छैन कि पार्टी फुट्नु पर्छ भन्ने,’ अध्यक्ष थापाले भने, ‘हामी एकता चाहान्छांै, अहिले फुट्ने नभइ जुट्ने बेला हो ।’
  
नेकपा टीकापुर नगर अध्यक्ष खडक शाहले आफूमा भएका गलत मानसिकतालाई नेतृत्वले सच्याउन आवश्यक रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा देखिएका प्रवृत्तिले पार्टीलाई कमजोर पार्दै जाने भएकाले पार्टीमा अनुशासन सीमा तोडिँदै गएकामा चिन्ता व्यक्त गरे । – झलनाथ खनाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x