उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्य बने मुरारका

नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा पूर्व अध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन्। 

महासंघको ५४ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको आइतवार बसेको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्य नियुक्त गरेको हो। 


Advertisement

महासंघ कार्यसमितिको वरियतामा अध्यक्ष शेखर गोल्छा, त्यसपछि निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य मुरारका र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल हुने छन्। 

यसअघिको कार्यसमितिमा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए। 


Advertisement

त्यस्तै शनिवार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई पनि सदस्यमा मनोनित गरिएको छ। 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्