नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
सोमवार महासंघमा भएको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत प्राप्त गरे ।
महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ ।
आइतवारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि आज निर्वाचन गरिएको हो ।
लोकान्तर संवाददाता