हत्या गरिएको अवस्थामा १७ वर्षीय चौधरीको शव फेला

प्रतिकात्मक तस्वीर

५ दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ ।

घरदेखि करीब ५०० मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो । 


Advertisement

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन मंसिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिइएको थियो ।

उनी हराएको प्रहरीलाई जानकारी गराइएको ४ दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । १२ कक्षामा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए ।


Advertisement

घटनामा संलग्न रहेको आशंकामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्