×

NMB BANK
NIC ASIA

विकासको कछुवा गति

२७ वर्षदेखि अलपत्र बुटवलको 'मेलम्ची'को कथा : स्रोत छ, बजेट छ, तर योजना अझै शुरूकै विन्दुमा !

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खानेपानीको चरम समस्या भोग्दै आइरहेको बुटवलमा आजभन्दा २७ वर्ष अगाडि पाल्पाको सिस्नेखोलाको पानी बुटवल ल्याउन योजना अगाडि बढाइयो । तत्कालीन बुटवल नगरपालिकाको पहलमा नेपाल खानेपानी संस्थानको योजनामा ३ करोड रुपैयाँ केन्द्रीय बजेटमा पानीको अभाव पूर्ति गर्ने पहल थालियो । 

Muktinath Bank

मुहानको ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छ्याउने काम समेत अगाडि बढिसकेको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन । त्यसै बेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायाँमा पर्‍यो । खानेपानी बुटवल ल्याउँदा मुहानमुनिका बस्तीमा पानी अभाव हुने भनेर लगदुवाका गाउँलेले विरोध समेत गरे, जसले गर्दा ३ करोड खर्चिएर काम भएको त्यति ठूलो सिस्नेखोला खानेपानी आयोजना अलपत्र पर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५१/०५२ सालमा ठूलो लगानी गरिएको आयोजना अलपत्र भएपछि बुटवलवासीमा ठूलो निरासा छाएको बताउँछन् तत्कालीन बुटवल नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठ । 


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, ‘ठूलो महत्त्वको योजना सरकार परिवर्तन निर्वाचन र ‘हाइड्रो प्रोजेक्ट’ आउँदा बुटवलवासीलाई त्यो बेलाको पानी खुवाउने सपना अझै पूरा भएको छैन । म मेयर हुँदा पनि तदारुकता देखाएँ । तर, विभिन्न अल्झनले काम अलपत्र भयो ।’ 

Vianet communication
Laxmi Bank

२०६३ मा बुटवलमा सर्वदलीय समितिले सिस्नेखोलाको पानी बुटवल ल्याउन सम्भव नदेखेपछि पाल्पाकै अर्को झुम्साखोलाबाट पानी ल्याउनुपर्ने निचोडमा पुगे । झुम्साखोला तिनाउको नदीको सहायक खोला हो । 

२०६८ मा बुटवलदेखि १५ किलोमिटर झुम्सावासीको मागलाई सम्बोधन खानेपानी संस्थानले झुम्साखोला खानेपानी योजना अगाडि बढायो । ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिइएको आयोजनाका लागि १९ करोड ५६ लाखको बजेट थियो । योजना तिनाउ गाउँपालिकाको झुम्साबाट ल्याइने पानी आयोजनाका लागि नाला खरिदमा अनियमितता भएको उजुरी परेपछि अलपत्र भयो । 

एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा पहिलोपटक मझौला तथा एकीकृत शहरी वातावरणीय आयोजनाअन्तर्गत खानेपानी आयोजना शुरू गरिएको थियो । २७ वर्षदेखि झुम्सा र पाल्पाको पानी बुटवल ल्याउने योजना अझै शुरूकै बिन्दुमा छ भन्दा पनि फरक पर्दैन । झुम्साखोला खानेपानी आयोजनालाई बुटवलको मेलञ्चीका रूपमा पनि चिनिन थालेको छ । 

दोभानका स्थानीय दलबहादुर गुरूङले स्थानीयको माग पूरा नगरी आयोजना अगाडि बढाउँदा सिस्नेखोला आयोजना अगाडि बढ्न समस्या भएको बताए । अहिले विभिन्न अवरोध झेल्दै पुनः झुम्साखोला आयोजना अगाडि बढेको छ । बुटवल खानेपानी सुधार आयोजनाका रूपमा निर्माण हुने उक्त बाँध, इन्टेक र ड्याम बनाउन थालिएको छ । 

फेरि पुरानो बाँध भत्किएपछि नयाँ बाँध निर्माण थालनी

यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण गर्न लागिएको हो । यो नयाँ योजनाको शुरूआती काम हो ।  नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टले अब आयोजनाले गति लिने बताए । उनले भने, ‘दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहान ड्याम निर्माण सम्पन्न गरेर ट्याङकी निर्माण हुन्छ । त्यसपछि सर्भिस लाइनका पाइप बिच्छाइन्छ ।’

यो वर्ष बुटवल रामफेदीदेखि करीब १३.५ किमी टाढा रहेको उक्त स्थानमा इन्टेक निर्माण गरेर पानीलाई दुईवटा ठूला पाइपमार्फत बुटवलसम्म ल्याउने योजना छ ।

त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ । यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इञ्चका पाइपसँगै अब थप २० इञ्चका पाइप बिछ्याइने छ । 

बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने भट्ट बताउँछन् । यो कामलाई पनि ०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ । बाँध लगायतका संरचनाहरूको निर्माण लागत ७३ करोड ६४ लाख, पानी प्रशोधन प्रणाली, पानी भण्डारण ट्यांकी, वितरण प्रणाली निर्माणका लागि भने ५ अर्ब ६१ करोड ७१ लाख रुपैयाँसहित आयोजनाको कूल लागत छ अर्ब ३५ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । 

बुटवलमा दैनिक ३ करोड लिटर पानी माग

अहिले बुटवलमा दैनिक ३ करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि ढाइ करोड लिटरसम्म हुने गरेको छ । हाल दैनिक करीब ६० लाख लिटर पानी अपुग छ ।

तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबबेल (बोरिङ्ग) बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले झुम्साको पानी बुटवलका १९ वटै वडामा वितरण हुने बताइन् । 

बुटवलको सबैभन्दा बढी खानेपानीको समस्या वडा नम्बर ७ र ८ मा छ । दुई वडालाई लक्षित गरी एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिन लागेको डीप बोरिङ पार्टीका स्थानीय कार्यकताहरूले विरोध गरेपछि दुई वर्षअगाडि निर्णय फिर्ता भएको थियो । 

स्रोतको अभाव हुँदैनः अर्थमन्त्री पौडेल

विष्णु पौडेल अर्थमन्त्री भएका बेलामा आयोजनाका लागि एक अर्ब रुपैयाँ बजेट छुट्टिएका छन् । अहिलेको योजना सफल बनाउन अर्थमन्त्री पौडेलले चासो दिएका छन् । ‘बजेट छ, स्रोत छ, साधन छ, जनसमुदाय सहयोग गर्न तयार छ, समर्थन सबैको छ, समुदायसमेत उत्साही र अग्रसर छ तर काम किन ढिला भइरहेको छ ?’ 

आयोजनाका काममा भइरहेको ढिलाइबारे चिन्ता व्यक्त गर्दै अर्थमन्त्री पौडेलले भने, ‘पहिलेका असफलता, ढिलासुस्तीबाट गतिलो पाठ सिकेर अब प्रभावकारी र गुणस्तरीय काम गर्नुहोला ।’ 

काम गरेर जनताको मन जित्न र आफ्नो विश्वसनीयता आफैं बढाउन उनले आग्रह गरे । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अब तोकिएको समयमै काम सक्न आयोजनाका अधिकारीलाई बाँधस्थलबाटै निर्देशन दिए ।
बुटवलको जनसंख्या २ लाखभन्दा बढी छ । बसाइँसराइ र आर्थिक केन्द्र बुटवलमा दिनप्रतिदिन मानिसहरू थपिने क्रम जारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x